समाचार

विमानस्थलमा फुटबल खेलाडीलाई भव्य स्वागत

विमानस्थलमा फुटबल खेलाडीलाई भव्य स्वागत

२०७२ माघ ९ गते रेडियो नयाँ कर्णाली
बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुको भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइएको छ ।खेलकुद सम्बद्ध अधिकारीहरु र खेलप्रेमी नेपालीहरु खेलाडीहरुको स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरु नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजा बोकेका थिए । बंगबन्धु गोल्डकपसहित बाहिरिएका नेपाली खेलाडी र प्रशिक्षकहरुलाई देख्नेवित्तिकै समर्थकहरुले उत्साहित हुँदै हुटिङ गरेका थिए ।विमानस्थलमा समर्थकहरुको भिड व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मे(हम्मे परेको थियो । कडा सुरक्षा घेरामा निलो ट्रकमा राखेर खेलाडी र प्रशिक्षकहरुलाई नगर परिक्रमा गराइएको छ । दशरथ रंगशालामा खेलाडीहरुको सम्मानमा विशेष कार्यक्रम गरिएको छ ।बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप फुटबलको बिहीबारको फाइनल खेलमा बहराइनलाई ३(० ले हराउँदै नेपाली खेलाडीहरुले उपाधि उचालेका छन् ।

 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल