समाचार

बाबुरामको बिचारसँग सहमत छु, कलाकारितालाई चिटिङ गरेकी छैनस् करिश्मा मानन्धर

बाबुरामको बिचारसँग सहमत छु, कलाकारितालाई चिटिङ गरेकी छैनस् करिश्मा मानन्धर

२०७२ माघ १० रेडियो नयाँ कर्णाली
चर्चित नायिका करिश्मा मानन्धरले आइतबारबाट आफ्नो राजनीतिक जीवन सुरु गरेकी छिन् । अहिलेसम्म कुनै पार्टीमा नलागेकी करिश्माले डाक्टर बाबुराम भट्टराइको नयाँ शक्तिमा लागेसँगै राजनीतिक जीवन पनि सुरु गरेकी हुन् । बलिउडमा कलाकारहरु पार्टीमा आवद्ध भएर चुनाव लडेका उदाहरण धेरै भएपनि नेपालमा यस्तो लहर पहिलो संविधान सभाको चुनावबाट बढी देखिएको हो ।
अनलाइनखबरसँग कुरा गर्दै नायिका करिश्मा मानन्धरले भनिन्(‘म बाबुरामजीको बिचारसँग सहमत भए । त्यही भएर एउटा नागरिकको हिसाबले राजनीतिक रुपमा पनि सचेत हुनुपर्छ भन्ने लाग्यो ।’
आम नागरिक जस्तै आफूमा पनि थुप्रै कुरामा असन्तुष्टी भएको भन्दै करिश्माले बाबुरामले नयाँ सोच ल्याएको र विभिन्न चरणमा कुरा गर्दा आफूलाई ठिक लागेर आवद्ध भएको बताइन् ।
उनले आफूले कुनै पनि कलाकारलाई जर्बजस्ती पार्टीमा लाग्न नभन्ने पनि बताइन् । उनले भनिन्(‘उहाँहरुलाई विचार मन परेर आउनु भयो भने ठिक छ ।’ उनले आफू पार्टीमा आवद्ध हुने पहिलो व्यक्ति नभएको भन्दै विभिन्न समयमा कलाकारहरु पार्टीमा लागेको बताइन् ।उनले आफू राजनीतिमा लागेपनि यसले कलाकारितामा असर नपार्ने बताइन् । आफू कलाकार मात्र नभएर एउटा सचेत नागरिक पनि भएकाले एउटा नागरिक राजनीतिक रुपमा जागरुक हुन पाउने उनको भनाई थियो । कलाकारिता आफ्नो पेशा भएको र यसलाई कुनै चिट नगरेको करिश्माको भनाई छ ।

 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल