समाचार

आर्यनको ‘आवेग’लाई ‘पीजी’, एक्सनका कारण बालबालिकाले एक्लै हेर्न नसक्ने

आर्यनको ‘आवेग’लाई ‘पीजी’, एक्सनका कारण बालबालिकाले एक्लै हेर्न नसक्ने

२०७२ माघ १८ ,रेडियो नयाँ कर्णाली
ट्रेलरमै एक्सनलाई महत्व दिइएको छ, अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’मा । हुनत, आर्यनले एक्सनमा जम्न कोशिश नगरेका होइनन् । ‘नाईके र अलबिदा’ले उनलाई झट्का दिइसकेका छन् । उनै आर्यन अब फिल्म ‘आबेग’ मार्फत एक्सन अवतार प्रस्तुत गर्दैछन् ।चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । निर्देशक बसन्त निरौलाका अनुसार यो फिल्ममा समावेश एक्सनका कारण यसलाई हेर्नका लागि बालबालिकाले बाबु आमा पनि लैजानु पर्नेछ ।साउथ इन्डियन शैलीको यो फिल्मको कथावस्तुलाई व्यवसायिक बनाइएको बसन्तले बताए । सूर्य कार्कीको  प्रस्तुतीमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य मुख्य भूमिकामा छन् ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल