समाचार

कालिकोट जिल्ला परिषद सम्पन्न,

कालिकोट जिल्ला परिषद सम्पन्न,
फगुन १४ रडियो नयाँ कर्णाली
कालिकोट जिल्लाको १९ औँ जिल्ला परिषद आज सम्पन्न भएको छ । जल, जंगल,उद्यँेग, पर्यटन र शिक्षा, रोजगारी सृर्जना गर्ने कालिकोटको इच्छा भन्ने मुल नाराका साथ सुरु भएको परिषदको उद्दघाटन सांसद तुलारा बिष्टले गर्नु भएको हो । सांसद बिष्टले १९औँ परिषदको उद्दघाटन गदै कालिकोटको बिकासका लागी आफुले केन्द्र वाट सबै काम पुरा गर्ने वताउनु भयो । उहाँले जिल्लाको बिकासका लागी ससदवाट हुने र सरकारवाट हुने काम आफुवाट हुने बिश्वास दिलाउनु भयो । कालिकोटको १९ औँ जिल्ला परिषदले तय गरेका बिभिन्न कार्यक्रमका वारेमा निमित्त स्थानिय बिकास अधिकारी भोलाप्रसाद चापागाईले जानकारी गराउनु भयो । उहाँले आगामी आर्थिक वर्षको वजेट तर्जुमा गरेका आधार प्रस्तुत गदै भन्नु आफुले आगामी वर्षको वजेट तर्जुमा गर्दा नेपालको संबिधान २०७२ ले परिलक्षित गरेका निेर्दशक सिदान्त तथा आधार, स्थानिय स्वायत्त शासन ऐन २०५५ र निमावली २०५६ को अधारमा गरिएको वताउनु भयो । उहाँले जिल्लामा प्राप्त हुने सबै वजेट प्रस्तुत गर्नु भयो । जिल्लामा प्राप्त हुने वजेटमा राजस्ववाट १२ लाख ३३ हजार, आन्तरिक आय तर्फ १६ लाख २७ हजार, नेपाल सरकार तथा वाह्य श्रोतवाट प्राप्त अनुदान २ अर्व ६७ करोड, ६९ लाख, ५६ हजार गरि जम्मा २ अर्व ६७ करोड ८८ लाख १६ हजार, चालु आर्थिक वर्ष २०७२ ०७३ कोलागी शँसोधित वजेट पेस गर्नु भयो । प्रतिवेदनमा चालु तर्फ रु १ अर्व, ४८ करोड, ८७ लाख ९२ हजार पुजिगत तर्फ १ अर्व १९ करोड, ११ लाख २४ हजार रहेको भने प्रतिसतमा हेर्दा ५५ पतिसत र पुजिगत तर्फ ४५ प्रतिसत वजेट बिनियोजन भएको छ । 
त्यस्तै आर्थिक् वर्ष २०७३, २०७४ का लागी जिल्लामा प्राप्त हुने सरकारी गैरसरकारी अन्तरिक श्रोत राजस्ववाट प्राप्त हुने आम्दानी तथा अन्य वजेट समेतलाई आधार वनाई प्रस्तावित गरिएको छ । जस अनुसार राजस्व तर्फ २० लाख ६० हजार, आन्तरिक आय तर्फ रु १६ लाख ५६ हजार, नेपा ल सरकार तथा वाह्य श्रोतवाट प्राप्त हुने अनुदान २ अर्व ४९ करोड ३५ हजार गरि कुल २ अर्व ४९ करोड ३७ लाख ५१ हजारको खाका प्रस्तुत गर्नु भएको छ । यसमा चालु तर्फ रु १ अर्व ३६ करोड ४६ लाख , ४४ हजार , पुजिगत खर्च १ अर्व १२ करोड, ९१ लाख ७ हजार रहेको छ । यस वर्ष जिल्ला बिकास समितिले नेपाल सरकारको लक्ष्य अनुसार काम गरेकाले सरकारले  बिकास अनुदानमा १ करोड २७ लाख ४२ हजार रकम प्रदान गरेको छ । परिषदमा जिल्लाका सबै राजनितिक दल पत्रकार, लागएतका सबैको सहभागीता रहेको थियो । 
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल