समाचार

एमाले पाटीले जनताको रक्षा गदै आएको केन्द्रिय सदस्य शाहीको भनाई, बिभिन्न वहानामा जनतालाई धोका दिने शक्तिका बिरुद्ध सचेत हुन आग्रह्

रेडियो नयाँ कर्णाली फागुन  १९
नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य हंशबहादुर शाहीले कालिकोट जिल्ला कर्णालीकै हकमा अघि वढेको वताउनु भयो । उहाँले बिकासको हिसावले कालिकोट जिल्ला पहिलो प्राथमिक्तामा रहेको भन्दै जमुनाहिल्सा कर्णाली करीडरको युद्धस्तरमा अगाडी वढाउनका लागी नेतृत्वदायी भुमिका खेल्न कालिकोट एमालेलाई आग्रह गर्नु भयो । एमाले मान्म गाउ कमिटिको सातौ गाउ अधिवेशन उद्दघाटन सत्रका प्रमुख अतिथि समेत रहनु भएका नेता शाहीले देशमा अन्य पाटीले जनतालाई बिभिन्न वहानामा धोका दिदै आएको स्मरण गराउदै जनयुद्धको नाममा दिएको धोकाले पुगेन भनेर वावुराम भट्राईले नयाँ शक्तिको नाममा धोका दिन खोजिरहेको वताउनु भयो । उहाँले बृद्ध र बिदुवाहरुको संरक्षणका लागी जिवन निर्वाह भत्ताको ब्यवस्था गरेको भन्दै राष्टिय संकट समाधान भएमा अन्य सुबिधाका लागी एमालेले पहल गर्ने वताउनु भयो । अदिवेशनमा वोल्दै सांसद तुलाराज बिष्टले एमाले पार्टीले देशको बिकासका लागी पहिले देखि नै संघर्ष गदै आएको भन्दै संबिधान निमार्णमा अध्यक्ष केपि वलीको पहिलो भुमिका रहेको वताउनु भयो । एमाले कालिकोटका कार्यवहाक अध्यक्ष बिश्वराज बमले मान्म गाउ कमिटिको नयाँ नेतृत्व सर्वसम्वत हुनेमा आसा गरेको वताउनु भयो । सम्मेलन सफल्ताको शुभकामना दिदै नेकपा एमाले कर्णाली काठमाण्डौ सम्प्रर्क कमिटिका अध्यक्ष तुलाराज सिम्खाडाले एमाले पार्टी वास्तवमा देश भक्ती भएको यती वेलाको कामले स्पष्ट पारेको वताउनु भयो । अध्यक्ष सिम्खाडाले देशमा राष्टिय संकट आउदा भारतिय नाकवन्दीका बिरुद्ध सरकारको नेतृत्व गरेका अध्यक्ष केपि वलीले भारतका बिरुद्ध धावा वोलेर राष्टियताको रक्षा गरेको भन्दै यसलाई पुर्णता दिने एमाले पार्टी वाहेक अरु कोही पनि नभएकाले नेपाल देश वचाउन एमालेमा आउन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा वोल्दै एमाले कालिकोटका पुर्व अध्यक्ष कुर्मराज शाहीले एमाले पाटी कालिकोटमा वलियो हुदाहुदै पनि चुनावमा पराजय भोग्नु परेकाले अवका दिनमा ध्यान पुगाउने सक्ष्म नेतृत्व आउनु पर्ने वताउनु भयो । त्यस्तै एमाले कालिकोटका सचिवालय सदस्य नगेन्द्र शाही नेशनलले एमाले पार्टीले देश संगै जिल्लाको नेतृत्व गर्न सक्ने भन्दै गाउको नेतृत्व पनि सर्वदलिय रुपमा पनि पहुच भएको आउनु पर्ने वताउनु भयो । गाउ कमिटिका अध्यक्ष भवानी प्रसाद आचार्यको अध्यक्षतामा सुरु भएको गाउ अदिवेशनमा एमाले कालिकोटका सचिव चित्रसिहं गाउने, उपसचिव कमल शाही, नेता धिरवहादुर बम लगाएतका नेताहरुले गाउ अदिवेशन सफल्ताको शुभकामना दिएका थिए । अदिवेशनले आगामी ४ वर्षका लागी नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।   

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल