समाचार
अन्तराष्टिय रेडक्रस महासंघ र भिडिसेफ कालीकोेटको समाजिक परिचालनमा संञ्चालित
चैत्र ८ रेडियो म नयाँ कर्णाली
अन्तराष्टिय रेडक्रस महासंघ र भिडिसेफ कालीकोेटको समाजिक परिचालनमा संञ्चालित आप्रबासि अधिकार संरक्षण परियोजनाको सहयोगमा कालिकोटका ४६ जनालाई वैदेशिक रोजगारीमा जादा अपनाउनु पर्ने बिषयका वारेमा जानकारी गरिएको छ । जिल्ला प्रशासनमा स्थापना गरिएको हेल्प डेक्स नागरिक परामर्ष केन्द्रमा हाल सम्म बैदेशिक रोजगारिमा जान चाहाने ४६ जना युवा युवतिहरुलाई परामर्ष दिएको हो । ०७२ फागुन १३ गते देखि सुरु भएको नागरिक साहयता केन्द्रमा हाल सम्म ४ महिला सहीत ४६ जनालाई बैदेसिक रोजगाीमा जादा अपनाउनु पर्ने सचेतनाका बिषयमा जानकारी दिने काम गरिएको साहयता केन्दकी सामाजिक परिचालक राधिका बंमले जानकारी दिनु भयो । बैदेशिक रोजगारिमा जादा दोहोरो मारमा पर्ने ,ठगिमा पर्ने मेनपावरलाई पैसा बुझाउदा दस हजारको रसिद लगेर लाखौ पैसा बुझाउने बिगतको बैदेसिक रोजगारि स्म्बन्धि ठगिलाई न्यनिकरण गर्न साहयाता कक्षले सहयोग पुर्याईरहेको बंमले जानकारी दिनु भयो । उहाँका अनुसार राहदानी लिन जिल्ला प्रसासन पुगेका सेवाग्राहीलाई बैदेसिक रोजगारीका बारेमा जानकारी दिने काम भईरहेको आप्रबासि संरक्षण परियोजना जिल्ला कार्यक्रम संयोजक धुर्ब वोगटीले जानकारी दिनु भयो ।