समाचार

एमाले रकु र लालुको गाउ अधिवेशनको उद्दघाटन सत्र सम्पन्न, बिभिन्न पार्टी परित्याग गरि तीन दर्जन भन्दा वढि एमालेमा प्रवेश ।।

चैत्र ८ रेडियो म नयाँ कर्णाली 
नेकपा एमाले नेता तथा सासद तुलाराज बिष्टले कालिकोटमा खडेरीका कारण पर्ने असरलाई न्युनिकरण गर्नका लागी आफुले संसदमा कुरा गर्ने वताउनु भयो । उहाँले खडेरीका कारणले कालिकोट लगाएतका कर्णालीका अन्य जिल्लामा खाद्य उत्पादनमा ह्रास आउने निश्चित भएको भन्दै यसलाई समाधान गर्न एमाले कालिकोटले पहल गर्ने वताउनु भयो । उहाँले रकु गाबिसमा एमालेको सातौ गाउ अधिवेशनको उद्दघाटन गदै सो कुरा वताउनु भएको हो । प्रमुख अतिथि समेत रहनु भएका साँसद बिष्टले एमालेलाई जिल्लाको पहिलो पार्टी वनाउने सक्षम र युवा जुजारु नेताको खाचो रहेको वताउनु भयो । अधिवेशनमा बिषेश सचिवालय सदस्य नगेन्द्र शाही नेशनल रहनु भएको थियो भने अतिथिहरुमा संगठन बिभाग प्रमुख कृष्ण प्रसाद आचार्य सचिवालय सदस्य नमराज देवकोटा, दक्षिणा शाही, मदनभण्डारी फाउण्डेशनका सचिव तथा सचिवालय दयाराम सिम्खाडा, तुलाराज मल्ल, हेमराज सज्याल, पुष्पराज गिरी, वैकल्पीक जिल्ला सदस्य नमराज सुवेदी, प्रेसचौतारीका अध्यक्ष पबित्र शाही, महिला नेतृ पार्वती सिहं लगाएतका अतिथिहरुले सम्मेलन सफल्ताको शुभकामना दिनु भएको जनाईएको छ । गा कमिटिका अध्यक्ष जनक देवकोटाको अध्यक्षतामा सुरु भएको अदिवेशनको वन्द सत्र पनि आजै वाट सञ्चालन हुने र नयाँ नेतृत्वको चयन गर्ने निवर्तमान पार्टी गाउ कमिटिका सचिव खेमराज गिरीले जानकारी जानकारी दिनु भएको छ । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल