समाचार

रकु एमालेमा बिवाद, वल प्रयोगमा अध्यक्ष वनाईएको भन्दै अर्को पक्षको गुनासो

२०७२ चैत ११ गते रेडियो नयाँ कर्णाली
नेकपा एमाले रकुको गाउ अधिवेशनले चयन गरेको भनिएको अध्यक्ष अवैधानिक भएको भन्दै अर्को पक्षले बिरोध जनाएको छ । अदिवेशनको वन्द सत्र चलिरहेका वेला रकु २ लुसाका कर्णप्रसाद जैसिको नाममा सहमति भएपछि निर्वाचन मण्डलमा रहेका अनेरास्वीयुका पुर्व केन्द्रिय सदस्य प्रेम वुढाले माइनोट खोसेर मनवहादुर गिरीलाई अध्यक्ष भएको नाम घोषणा गरेको वताईएको छ । निर्वाचन मण्डललका सदस्य हेमराज गिरीले अध्यक्षमा सर्वसम्वत गरिएको भन्दै दावी गरेपनि बिवादका बिचवाट सार्वजनिक सञ्चार माध्यमलाई प्रयोग गरेर प्रचारमा ल्याएर वलप्रयोग र दादागीरी गरि एमाले पार्टीको बदनाम गर्न खोजेको कर्ण प्रसाद जैसि द्धारा जारी गरिएको प्रेम नोटमा उल्लेख गरिएको छ । उहाँले जोलाई अध्यक्ष वनाईयो उहाँको संगठित सदस्यता पनि नभएको र उहाँले आफुलाई सहमति दिएपछि पे्रम वुढाले सहमतिको बिषयलाई लत्याए अनेरास्वीयुको केन्द्रिय सदस्य हारेको तातो झोगमा एमाले रकुमा बिवाद ल्याएकाले यस्तो बमण्डल गर्नेलाई कार्वाहीको माग समेत गरिएको छ । यस बिषयमा प्रेम वुढालाई सम्पर्क गर्न खोज्दा मोवाइल अफका कारण समप्रर्क हुन सकेन । 
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल