समाचार

खेलकुदको कर्वड हल झन झन बिग्रीदै ।।

  
२०७२ चैत ११ गते रेडियो नयाँ कर्णाली
 कालिकोट जिल्लाको सदरमुकाममा रहेको जिल्ला खेलकुद बिकासको कर्वड हल दिन प्रतिदिन भत्कीदै जान थालेको छ । हल निमार्ण भएको केही दिन देखि भत्कीन सुरु गरेको हल आज भोली आदाआदी भत्केको छ । झण्डै एक करोडमा निमार्ण भएको कर्वड हलको संरक्षण गर्ने खेलकुद बिकास समिति पनि ब्यखवर वनेको छ । हलको छानो आदाआदी हावाले उडाई सकेको छ भने हावाले उडाएका टिनका पाताहरु पनि चोरी हुन थालेका छन । जिल्ला सदरमुकाममा रहेको लाखौ वजेटमा वनेको भवनको त यस्तो हालत छ भने गाउमा ठेकेदारले वनाएका भवनको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । यसका बिषयमा जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख कर्णवहादुर खड्काले भने आफुले वनाउदै आएको डाडामा हावाले गर्दा जति वनाउदा पनि समस्या हुने गरेका वताउनु भयो । उहाँले १० बिहान हावा नलाग्ने समयमा वनाउने योजना रहेको वताउनु भयो । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल