समाचार

गीत गाएपछि ३ दिन थला परे खुमन

 गीत गाएपछि ३ दिन थला परे खुमन
२०७२ चैत ११ गते रेडियो नयाँ कर्णाली 
गाउँघरमा बस्ने संगीतप्रेमी स्रोताका लागि निकै मन पर्ने नाम हो खुमन अधिरकारी । पछिल्लो केही वर्षयता शहर बजारमा समेत उनका प्रसंशक बढेका छन् । विदेशमा त हाई-हाई छ ।
अहिलेसम्म सात हजार बढी गीतमा स्वर दिएका खुमन अहिले पनि रेकडिङ स्टुडियो र स्टेज कार्यक्रममा गाउनमै ब्यस्त छन् । अहिले दिनमा पाँचवटासम्म गीत गाउँने खुमन कुनै वेला एकै दिन ९ वटासम्म गीत गाउँथे ।एकै दिन ९ वटा गीत गाएवापत तीन दिन थलापरेपछि भने घटाउन वाध्य भए । ‘धेरै गाउँदा गार्हो हुन्छ, अहिले एक दिनमा बढीमा पाँच भन्दा धेरै गीत गाउँदिन ।’ अनलाइनखबरसँग कुरा गर्दै खुमनले भने ।
उनलाई अझै सम्झना छ । ०६५ साल तीर हो । काठमाडौं डिजिटल नयाँ बजारमा लगातार ४ गीत गाए । त्यसपछि सिधै गए पि्रज्मा डिजिटल बबरमहल, त्यहाँ तीन गीतमा स्वर दिएपछि परिवेश र त्रिवेणी स्टुडियोमा एक एक गीत गाए ।गीत गाएको दिन त ठिकै थियो । भोलिपल्ट बोल्दा पनि स्वर भासिएको पाए । डक्टरलाई देखाउने बित्तिकै डक्टरले भने ‘अबदेखि एकै दिन यति धेरै गीत नगाउनु होला ।’ त्यसपछि नै हो स्वास्थ्यप्रति सचेत हुँदै कोटा निर्धारण गरेका । उनी भन्छन् ‘अहिले एक दिनमा बढीमा पाँच हो, त्यो भन्दा बढी गाउँदिन ।’विदेश जाँदा पनि पटक पटक धपेडीको समस्या भोगेका छन् उनले । विदेशमा प्राय स्टेज शो भएकाले दर्शकलाई जुरुक्कै उचाल्नुपर्ने मोह हुन्छ गायक गायिकामा । खुमनले पनि धेरै ठाउँका दर्शकलाई गीत सुनाएर जुरुक्कै पारेका छन् ।त्यही क्रममा एक पटक बेलायतमा बिरामी नै भए । उनी भन्छन् ‘दर्शकको भिड देखेपछि अलि बढि इमोश्नल भइएछ । लगातार धेरै वेर गीत गाएपछि बिरामी नै भएँ ।’
काठमाडौमा बसोबास भएपनि काठमाडौंकै बास भने निकै थोरै हुने गरेको छ उनको । हरेक वर्ष कम्तिमा चार पटक कार्यक्रमका लागि विदेश जान्छन् । स्वदेशमा पनि स्टेज कार्यक्रममा उनको माग उत्तिकै छ ।
‘फागुन महिनामा मुस्किलले पाँच दिन घरमा बसें हुँला बाँकी २५ दिन घर बाहिरै बित्यो ।’ उनले भने । चैत र बैशाखको महिनामा पनि उनले फुर्सद पाउने सम्भावना कमै छ । नयाँ वर्षका लागि केही ठाउँवाट निम्तो आईसकेको छ ।दुई दिनका लागि कार्यक्रममा निस्केका खुमन कहिले काँही घर आइपुग्दा २५ दिन बित्छ । काठमाण्डौवाट नारायणघाट, नारायणघाटवाट बुटवल हुँदै विभिन्न जिल्लामा सहभागी हुँदा काठमाडौं आउनै २५ दिन लाग्छ ।आफु त्यसरी बाहिर गएको बेला दिनमा दुई एक पटक अनिवार्य कुरा हुन्छ उनको । विहान वा बेलुका दिनको एकपटक घरमा सम्पर्क गर्छु ।’ उनले भने ।
शहरमा पनि दर्शक बढेप्रारम्भमा लोकगीतलाई निकै सम्मान गथ्यो नेपाली समाजले । जतिवेला बम बहादुर कार्की, हरिदेबी कोईराला लगायतका गायक गायिका सक्रिय थिए ।त्यसपछिका केही वर्ष लोकगीतलाई नेपाली समाजले हेपको अनुभव गरेका छन् खुमनले । एक समय काठमाडौमा लोकगीत सुन्नेलाई ‘पाखे’ भन्ने संस्कार थियो । जुन संस्कारसंग परिचित छन् खुमन ।
तर, अहिले लोक गीत सुन्नेहरुलाई कसैले पाखे भन्दैन । लोकगीत गाउँने र लोकगीतमा नाँच्नेलाई नेपाली समाजले सेलीब्रेटीको रुपमा स्वीकारेका छ । खुमन सन्तुष्ट छन् आफ्नो पेशाप्रति आगामी दिनमा अझै राम्रो र मौलिक गीत गाउने योजना बनाएका छन् ।
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल