समाचार

प्रीयंकाको यति हट फोटोसुट

प्रीयंकाको यति हट फोटोसुट
२०७२ चैत ११ गते रेडियो नयाँ कर्णाली
नायिका प्रीयंका चोपडाले मेन्स म्यागजिन ‘एस्क्वायर’ लागि कामुक फोटोसुट गराएकी छिन् । केही फोटोको फुटेज सार्वजनिक भएपछि उनले हट पोज दिएको पुष्टि भएको हो ।
उनी कतै स्वीमिङ पुलमा मस्ती गरिरहेकी छिन् त कतै बिकिनीमा प्रस्तुत भएकी छिन् । त्यसो त म्यागजिनसँगको कुराकानीमा उनले आफ्नो जीबन र फिल्मीयात्रावारे बिस्तृत कुरा गरेकी छिन् ।
कुराकानीकै क्रममा उनले भनेकी छिन् कि जतिवेला उनी सानी थिईन् उनको बुबाले उनलाई बन्दरेल्ला भन्थे । किनकी सानोमा उनको ब्यबहार केटीको जस्तो छँदै थिएन । उनले जे चलाउथिन् त्यो सामान फुटेकै हुन्थ्यो । उनलाई बुबाले पटक(पटक भन्ने गरेका थिए(‘कहिल्यै कोही जस्तो नहुनु आफ्नै पहिचान बनाउनु ।’ दुई वर्ष अगाडि उनको बुबाको क्यान्सरले निधन भएको थियो ।
केही हप्ता अगाडि प्रदर्शन भएको ‘जय गंगाजल’ मा मुख्य भुमिका निर्वाह गरेकी प्रीयंका अहिले अमेरिकामा सिरियल र हलिउड चलचित्रमा व्यस्त छिन् ।
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल