समाचार

कर्णालीलाई दक्षिण चिन संग जोड्न हिल्सामा पुल वन्ने, कर्णालीको वास्तबिक्ता अध्यान गरि चिन संग सम्झौता गरेकोमा प्रधानमन्त्रिलाई कर्णालीवासिको वधाई ।।

चैत्र ११पवित्रा कुमारी जैसि
प्रधानमन्त्रि केपि शर्मा वलीलाई कर्णालीवासिले वधाई दिएका छन । प्रधानमन्त्रि वली चिन भ्रमणमा रहेका वेला हिल्सा नाकामा मोटरेबल पुल निमार्ण गर्ने सम्झौता भएकोमा कर्णाली वासि खुसि हुदै वलीलाई वधाई दिएका हुन । सो पुल वने मानसरोवर, कैलास यात्राका लागी सहज हुने कर्णाली वासिको भनाई छ । हिल्सा नाका मानसरोवरको मुदद्धार मानिन्छ । तिब्बत संग सिमा जोडिने हिल्साको कर्णाली नदीमा पुल आवस्यक भएका कारण सरकारले वेलीब्रिज निमार्ण थालेको चार वर्ष भईसकेको छ । तर अझै पुरा भएको छैन । पुल निमार्ण भएमा सिमा सम्मै गाडी सञ्चालन हुने छन । त्यस वाट कर्णालीको हुम्ला संगै सुदुरपश्चिमको वाजुरा र वझाँग जिल्लाका नागरिकहरुले तत्कालै लाभ लिने छन । वाजुरा र वझाँगका नागरिकहरु हिल्सा हुदै तिब्बतको ताक्लाकोट वजार आउजाउ गर्छन ।   दक्षिण तर्फ राष्ट्यि सडक सञ्जालमा जोड्न सरकारले कर्णाली करिडोर निमार्णमा तिव्रता दिएका वेला हिल्सा नाकामा पुल निमार्ण गर्ने दुवै देशका प्रमुख विच भएको सम्झौताले कर्णाली वासिलाई केपि वलीले ह्दय देखिनै सम्मान गर्नु भएको एमाले नेता नगेन्द्र शाही नेश्नलले वताउनु भयो । उहाँले प्रमलाई वधाई दिदै भन्नु भयो चिनले पनि केरुङपछि हिल्सा नाकालाई प्राथमिक्तामा राखेकाले हामी खुसि छौ  । अस्पताल बिकास समितिका अध्यक्ष दयाराम सिम्खाडाले नेपाल र चिन सरकारले हिल्सालाई प्राथमिक्तामा राखेकाले बिकासको वाटो खुल्ने वताउनु भयो । अध्यक्ष सिम्खाडाले प्रधानमन्त्रि वलीलाई वधाई दिदै अव कर्णाली र सुदुरपश्चिमका नागरिकहरुले औषधी नपाएर ज्यान गुमाउनु नपर्ने वताउनु भयो ।  हिल्सा जोड्ने कर्णाली करिडोर निमार्णको जिम्मा नेपाली सेनाले लिएर काम पनि तिव्र गतिमा भएकाले कर्णालीको बिकास हुन धेरै वर्ष कुर्नु नपर्ने एमाले नेता कुर्मराज शाहीले वताउनु भयो । उहाँले भन्नु भयो कर्णालीको बिकास विना राज्यको बिकास असंम्भव भएको कुरा प्रम वलीले वुझेकै कारण हिल्सामा पुल वन्ने कुराले प्राथमिक्ता पायो र सम्झौत पनि भयो । यो नाका खुले संगै बिकासको वाटो पनि खल्ने नेता शाहीको वुझाई छ । हिल्सा देखि दक्षिण तर्फको ४५ किलोमिटर ट्याक खुलेर गाडी गुडिरहेका छन । चिनले नेपालको सिमा सेरा सम्म सडक कालोपत्रे गरेको छ । तिब्बतको सेरा देखि ३० किलोमिटर टाढा ताक्लाकोट ब्यापारी केन्द्र छ । हुम्ला वझाग र दार्चुलाका नागरिकहरु त्यहीवाट सामान खरिद गर्छन । नेपाल तर्फको सड्क निमाणर््ा पुरा भएर चिन संग इन्धन सम्झौता भएमा पेटेलियम पदार्थ र खाद्यन्य ल्याउन सहज हुने कर्णाली वासिको वुझाई छ । चिन वाट हुने इन्धन आयतमा कर्णाली प्रदेश मात्र नभएर सिग्गो ६ नम्वर प्रदेश संगै सुदुरपश्चिम नेपालमा पनि इन्धन लगाएतका सबै सामान आपुर्तिमा सहज हुने छ । अव कर्णाली करिडोर निमार्ण भए खुला सिमाना नेपालगञ्जको रुपैँडिया हुदै चिनको मानसरोवर जाने पर्याटकहरुको संख्या वढ्ने छ ।  

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल