समाचार

हिसिला कसरी बनिन् भ्रष्टाचारी ?

बाबुराम हिसिलाको अन्तरसम्बन्धको कथा

२०७२ चैत १५ गते  रेडियो नयाँ कर्णाली

छोटो कपाल । त्यो पनि अधिकांश फुलेको । निधारमाथिको बीचभागमा सिउँदो पारिएको । बढ्दै गरेको सेतो कपालले कालो मेहेन्दी लगाएको प्रष्टै छुट्याउँथ्यो । कोट-पाइन्टमा छालाको जुत्ता । पछाडिबाट हेर्दा लाग्थ्यो, कपाल काट्ने फुर्सद नपाएको कुनै बुढो मान्छे होला !अत्यन्तै हतार मुद्रा, ‘फाइनल एक्जाम’को समयले भेट्टाउनै लागेको विद्यार्झीजस्तै । ‘आउट लुकिङ’सँग कुनै सम्बन्धै छैन । ‘भ्याङ्भुङ’ चाल । यस्तो लाग्थ्यो, यो मान्छे ठूलै लक्ष्यका साथ गन्तव्यतर्फ तेर्सिएको छ ।                                                                                                                     प्रकृतिले अाफ्रनो  नियमलाई कार्यान्वयन गर्दै शरीरलाई नसुहाउँदो गरी थोरै कुप्री पारिदिएको  ‘मानवीय मन’ भएको जोकोहीको मनमा पनि दया जाग्ने गरी । शारीरिक अवस्थाले ‘रेष्ट’ गर्नुपर्ने उमेर हुन लागेको  स्पष्ट बताइरहन्थ्यो ।

यताउति हेर्दै नजिकैको व्यक्तिसँग गफ गर्दै अगाडि बढ्दै गरेको त्यो व्यक्तिलाई केही गति बढाएर भेट्टाउनेबित्तिकै पूर्वानुमान गलत सावित भयो । त्यो कुनै पुरुष थिएन । अपरिचित अनुहार पनि होइन । यद्यपि, दोहोरो चिनजान भने नभएको । त्यस्तो व्यक्ति अरु कोही नभएर थिइन्, १० बर्षे जनयुद्धकी एउटी महिला नेतृ तथा पूर्वमन्त्री हिसिला यमी ।

 

बाटोमासँगै रहेका मित्रलाई देखाउँ कि नदेखाउँको द्वन्द्वमा उनैले उछिने । उनैले पहिले देखाए त्यो व्यक्ति अर्थात, हिसिलालाई । ‘कता जाँदै रैछिन् हिसिला ?’ जिज्ञासासहितको उनको प्रश्न मतर्फ लम्कियो । ‘खै, कुनै कार्यक्रममा जाँदै होलिन् नि !’- खासै चासो नदिएझैँगरी प्रश्नबाट तर्किन खोजेँ ।

उनले हिसिलालाई छोड्नै मानेनन् । उनीबारेकै विषय पछ्याइरहे । ‘लाष्ट.. भ्रष्टाचारी हुन् रे नि हिसिला त !’- अपमान गरेकै पारामा उनले सोधेे-‘कसरी बिहे गरे होलान् यार बाबुरामले ?’ अति अवमूल्यन गर्दै हिसीलालाई साह्रै नै गिराएर भन्न थालेपछि उनीबारे थोरै जानकारी दिन जरुरी ठानेँ र प्रश्न गरेँ-‘हिसिलाबारे कति थाहा छ तपाईँलाई ?’हिसिलाको पक्षमा उभिएको देखेर अचम्मित हुँदै उनले भने-‘बाबुराम त ठीक छन् तर, उसकी बुढी हिसिला खराब छे भन्छन् तर, धेरै कुरा त थाहा छैन !’ गल्ती महशुस गरेझैँ हिसिलाबारे जान्ने इच्छा पनि देखाए ।

छोरी जन्मेपछि अनुहार बिगार्ने हाम्रो समाज अहिले गणतन्त्रमा आइपुग्दा त यस्तो ‘पितृसत्तात्मक’ छ भने, चार दशकअघिको राजतन्त्रात्मक निरंकुुश समयमा झन् कस्तो थियो होला ? त्यस्तो समयमा एउटा छोरी मान्छे पढेर ‘आर्किटेक्ट इन्जिनियर’ हुने कुरा सामान्य थिएन । त्यतिबेलाको मन्त्रीको परिवारमा जन्मेर पनि कम्युनिष्ट पार्टीमा लाग्ने कुरा पनि चानचुने होइन । अझ, सशस्त्र जनयुद्धमा लाग्ने कुरा आफैँमा गर्व गर्न लायक विषय हो ।

राजधानीको एउटा सम्पन्न परिवारमा जन्मे, हुर्के र पढे पनि असमानताको विरुद्ध बलिदानीपूर्ण संघर्षमा होमिँदै निरन्तर डटिरहने एउटा ‘बहादुर महिला’ हुन् हिसिला । यो उनको सधैँ लुकेको र लुकाइएको पाटो हो । किनकि, यहाँ सामान्य त्याग गर्नेको बारेमा हल्लाखल्ला गर्ने र ‘महान्’ भन्ने धेरै भए, उनको पक्षमा कोही भएनन् । किनकी, उनी पितृसत्तात्मक समाजकी एउटा महिला हुन् ।

नाबालक छोरीलाई माइतीको जिम्मा लगाएर सशस्त्र युद्धमा हिँड्ने जोकोहि महिला सम्मान गर्न लायक नै हुन्छिन् । भलै, व्यक्तिका स्वभावजन्य कमजोरी किन नहोउन् ! एउटा निम्न वर्गीय परिवारमा जन्मेर युद्धमा हिँड्ने र सम्पन्न परिवारमा जन्मेर हिँड्नेबीचमा तुलनात्मक रुपमा सम्पन्नकै बढी त्याग मानिन्छ ।

किनकि, एक करोड रुपैयाँ हुने कुनै व्यक्तिले रु.एक लाख सहयोग गर्‍यो र अर्को एक हजार हुने व्यक्तिले रु.सय गर्यो भने तुलनात्मक रुपमा सय सहयोग गर्ने नै बढी सहयोगी हो । एक लाख एक करोडको जम्मा एक प्रतिशत हो भने, एक सय एक हजारको १० प्रतिशत हो ।

घरको लुुते धन्दा गर्नु, निर्देशन पालना गर्नु र बच्चा जन्माउनुुलाई महिलाको कर्तव्य नै मान्ने हाम्रो समाजको ‘व्यवहारिक कानुन’ लाई ‘नयाँ कानुन’ले पनि ‘रिप्लेस’ गर्न सकेन । जसरी, एउटा महिला नेतृ हिसिला राष्ट्रको नेतृत्वदायी भूमिकामा पुगेको हाम्रो समाजलाई मन परेन त्यसरी नै, राष्ट्रपति विद्या भण्डारीलाई पनि ‘विधवा’ भनेर अपमान गरियो । सभामुख ओनसरी घर्तीलाई पनि साह्रै ‘कमजोर सभामुख’का रुपमा चित्रित गर्ने गरिन्छ ।

अदालतले भ्रष्टाचारी ठहर गर्दै जेल ‘कोचेको’ नेता खुमबहादुर खड्कालाई जेलबाट निस्कँदा एक सय ११ किलोको मालाले सम्मान गरियो र सबैभन्दा ठूलो दलको केन्द्रीय समितिमा अत्यधिक मतले निर्वाचित गराइयो । तर, देश बदल्ने अभियानमा निरन्तर लागिरहेकी नेतृ हिसिला पार्टीको योजनामा काम गर्दा समेत बदनामित भइरहिन् । अरर्बौँ रुपैयाँ हिनामिना गर्ने ‘कमाण्डर’ चोखै छन्, आदेश पालक ‘भ्रष्ट’ कहलिइन् ।

एकजना माओवादी कार्यकर्ता (जो, आफूलाई पत्रकार पनि भन्छन्) ले हिसिलाका बारेमा एउटा सामुहिक भेटघाटमै भनेका थिए-‘हिसिलाले भ्रष्टाचार गरी भनेर त म पत्याउँदै पत्याउँदिन । बरु, माओवादीले त उनलाई प्रयोग गरेका हुन् ।’अहिले ‘बाबुरामको भण्डाफोर अभियान’मा व्यानर समातेर सबैभन्दा अगाडि-हिँड्न खोज्ने ती माओवादी पत्रकारले हिसिलालाई आफूले नजिकबाटै चिनेको दावी गर्दै भनेका थिए-‘बाबुराम-प्रचण्ड आफैँ चन्दा लिन जान्दैनथे । चन्दा दिनेले फेरि ठूलै नेताको हातमा थम्म्याउन र उसँग राम्रो सम्बन्ध बनाउन पाए..भन्ने ठान्दा रैछन् । चन्दा रकमको ‘डिल’ हिसिलाले गर्थिनइन् तर, लिन जान उनी नै उपयुक्त पात्र बनिन् । किनकि, उनी पूर्वमन्त्रीमात्र होइन, नेता भट्टराईकी श्रीमती पनि थिइन् । तसर्थ, चन्दा लिन पार्टीले हिसिलालाई नै प्रयोग गरेको हो । तर, उनले त्यो रकम आफूले खर्च गर्दिनथिइन्, पार्टी हेडक्वाटरमै बुझाउँथिन् ।’

हिसिलासँग राम्रो सम्बन्ध भएका र उनलाई नजिकबाटै चिनेका ती माओवादीका अनुसार, हिसिलाले चन्दा लिएको रकम ल्याएर प्रचण्डलाई नै बुझाउँथिइन् ।

तर, उनले आफूले भेटेजति नेता तथा कार्यकर्तासँग चन्दा ल्याएका बारे खुशी हुँदै भन्दिरैछिन्- ‘आज फलानोसँग यटि सहयोग लियो नि..!’ एक दिन त हिसिलाले ५० लाख फाइनल भएको व्यक्तिसँग डेढ लाख मात्र लिएर फर्किइछन् ।

चन्दा दिन बोलाएको व्यक्तिले आफू समस्यामा रहेको बताउँदै दुःख देखाएपछि उनी डेढ लाख मात्रै लिन सहमत भइछन् । डेढ लाख रकम लिएर फर्केपछि रकम डिल गर्ने व्यक्तिलाई हिसिलाले फोन गरेर भनिछन्- ‘मैले ट ट्यो मान्छेसँग डेढलाख भन्डा लिएन । टेस्को कुरा सुन्डै साह्रै गरीबजस्टो लाग्यो मलाई ट. । अनि, ट्यट्टी माट्र ल्यायो… !’- हिसिलाको ‘भ्वाइस्’ समेत ‘क्यारिकेचर’ गर्दै ती माओवादी पत्रकारले हिसिलाबारे यसो भनेका थिए ।

तर, हिसिलालाई प्रयोग गर्ने व्यक्तिहरुले नै भित्रीरुपमा फेरि हिसिलाले अकूत कमाएको हल्ला पिट्न थाले । यति-उति चन्दा उठाएँ भन्दै स्वयं हिसिलाकै मुखबाट सुनिने र पार्टीभित्रको एउटा टिमले योजनावद्ध प्रचार गर्ने कुरा मेल खान गएपछि कार्यकर्ता र जनतामा समेत हिसिला ‘भ्रष्टाचारी’ नै हुन् भन्ने पर्न गयो ।

तर, उनलाई ‘भ्रष्ट’ भनेर प्रचार गर्नुका पछाडि राजनीतिक कारण नै प्रधान थियो ।
पालुङटारको ‘प्लेनम’मा एमाओवादी पार्टीभित्र ठूलो वैचारिक वहस भयो । दाहाल, वैद्य र भट्टराईले छुट्टाछुट्टै डकुमेण्ट पेश गरे । दाहाल र वैद्यले ‘जनविद्रोह’ नै भने पनि फरक-फरक र भट्टराईले पनि ‘शान्ति र संविधान’को छुट्टै डकुमेण्ट पेश गरेपछि कार्यकर्ता पनि स्पष्ट रुपमा तीन खेमामा विभाजित भए ।

सात दिनसम्म ‘विचारकेन्द्रित वहस’ भनेर प्रचार गरिए पनि खासमा त्यतिबेलाको तीनवटा ‘खेमा’ स्पष्ट तीनवटा ‘गुट’मा परिणत भयो । ती गुटले छुट्टै पार्टीको अभ्यास गर्न थाले ।

गुटमा विभाजित हुनुपूर्व कार्यकर्तामा तीनवटा नेताको वैयक्तिक पक्ष पनि केलाइयो । व्यक्तिगत रुपमा कुन नेता कस्तो भनेर समेत नेता-कार्यकर्ताबीचमा जुहारी चल्यो । कतिपयले दाहाललाई ‘नेताको पनि नेता’ भन्दै उनका पछि लागे । ‘आदर्श नेता’ भन्दै कतिपय वैद्यको पक्षमा उभिए । ‘विद्वान नेता’ भन्दै बाबुरामको पक्षमा लाग्ने पनि उत्तिकै भए ।

त्यतिबेला नेताहरुको राम्रो पक्ष मात्र खोतलिएन, नराम्रो पाटो पनि खोज्न थालियो । सोहीअनुरुप प्रचण्डलाई ‘विचारविहीन’, वैद्यलाई ‘जडसुत्रवादी’ र बाबुरामलाई ‘संशोधनवादी’ भन्ने सैद्धान्तिक आरोप लगाइए । गुटलाई अझै ‘कंक्रिट’ बनाउँदै लैजाने क्रममा नेताका व्यवहारिक कमजोरी समेत हेरेर एक पक्षले अरुको उछितो काढ्ने काम भए ।

त्यतिबेला प्रचण्डलाई ‘परिवारवादी’, आर्थिक रुपमा ‘अपारदर्शी’, र राजनीतिक रुपमा ‘सारसंग्रहवादी’ मात्र भनिएन कि छोरो प्रकाशको चरित्रसमेत जोडेर निर्मम प्रहार गरियो । यतिसम्म भयो कि विरोधीले जे आरोप लगाउँथे, कार्यकर्ताले पनि तिनै आरोप लगाउन थाले ।

हिसिलाको व्यवहार पनि आरोपलाई नै मलजल गर्ने खालको थियो । उनमा गोपनियता भन्ने नै थिएन । उनी जेसुकै कुरा जोसुकैसँग पनि खुल्ला रुपमा गर्छिन् । उनको बानी अहिले पनि उस्तै छ

मोहन वैद्यप्रति सबैको सम्मान र सहानुभुति हुँदाहुँदै पनि ‘जड’ र नयाँ नै नरुचाउने ‘पुरातनवादी कम्युनिष्ट’ भन्ने आरोप लाग्यो । यद्यपी, उनीप्रति सैद्धान्तिक आरोप मात्र थिए । पारिवारिक र आर्थिक प्रश्न थिएनन् ।

त्यसैगरी, नयाँका नाममा मार्क्सवादमाथि नै प्रश्न उठाउने ‘संशोधनवादी’ भन्दै प्रहार भयो बाबुराममाथि पनि । उनको पनि आर्थिक विषयमा प्रश्न उठेनन् । तर, श्रीमति हिसिलाको कमजोरी समातेर बाबुराममाथि पनि प्रहार हुन थाल्यो । शायद, बाबुरामकी श्रीमती नभएको भए हिसिलाको विषयमा कुनै प्रश्न उठ्ने थिएनन्, ‘भ्रष्टाचारी’ भनिन्थेन कि ?

हिसिलाको व्यवहार पनि आरोपलाई नै मलजल गर्ने खालको थियो । उनमा गोपनियता भन्ने नै थिएन । उनी जेसुकै कुरा जोसुकैसँग पनि खुल्ला रुपमा गर्छिन् । उनको बानी अहिले पनि उस्तै छ ।

भाडामा बस्ने घर चाहिए पनि, पत्रिकाको कार्यालय चाहिए पनि उनी ‘एउटा घर चाहियो !’ भन्दै हिन्थिन् सबैसँग । प्राइभेट गाडीमा हिँड्ने गर्थिन् । अनि, सबैलाई लाग्न थाल्यो कि हिसिलाले अकुत कमाएकै छन् !

पार्टीमा अन्तरसंघर्ष बढ्दै र प्रचण्डसमेत बाबुरामले पेश गरेको ‘शान्ति र संविधान’ कै डकुमेण्टमा चार महिना नबित्दै समाहित भएपछि मोहन वैद्य समूह ‘पार्टीभित्र पार्टी’को अभ्यास गर्दै ठूलो समूहसहित विभाजित नै भयो । प्रचण्ड-बाबुराम ‘लालगद्दार’ हुन् भन्ने निष्कर्ष निकाले ।

कसैलाई पनि थाहै नदिई सुटुक्क भारतको सिलगुढी पुगेका प्रचण्डलाई त रामबहादुर थापा ‘वादल’ले एउटा आन्तरिक कार्यक्रममा ‘र’ को प्रमुख एजेण्टकै संज्ञा दिएका थिए त्यतिबेला । पार्टीभित्र पनि सोही विषयलाई लिएर प्रचण्डको निकै आलोचना भएको थियो ।

वैद्य समूह पार्टीबाट अलग भएको केही महिनासम्म त कार्यकर्तालाई थम्थम्याउन र फुटको प्रभाव नपरेको देखाउन पनि प्रचण्ड र बाबुराम अत्यन्तै मिलेझैँ गरे । ‘पार्टी एक ढिक्का छ’ भन्दै हिँडे । पार्टीभित्र ‘गडबढी’ भएकैले एक ढिक्का छ भनिएको रहेछ भन्ने केही महिनापछि नै देखियो । गुट अन्त्य भएको सन्देश दिन भन्दै गुटलाई सशक्त बनाउने काम भइरहृयो ।

गुट अन्त्य नभई गाउँ र जिल्ला सम्मेलन तथा महाधिवेशनमा समेत प्रष्ट देखिएपछि प्रचण्ड पक्ष बाबुरामसँग निकै आक्रोशित बन्न थाल्यो । त्यसकै निरन्तरतामा प्रचण्ड पक्षले हिसिलामाथि प्रहार बढाउन थाल्यो । उनी भ्रष्ट नै हुन् भन्ने संस्थागत गराउँदै लगियो । गुटको आडमा हिसिलामाथि प्रहार गर्न ‘गुटवादी’ कार्यकर्ता झनै हौसिँदै गए ।

आन्तरिक संघर्ष विस्तार हुँदै चिया पसलसम्मै पुग्यो । दुई गुटमा विभाजित पत्रकारले यसलाई अाफ्नो ‘मसला’ बनाए । अनि, समाचार नै लेखियो ‘एमाओवादी नेतृ हिसिला दक्षिण एशियाकै भ्रष्टाचारी महिला’ भन्ने शीर्षकमा । त्यही आधारमा पार्टीभित्रका बाबुराम विरोधी र बाहिरका माओवादी विरोधीले सामाजिक सञ्जालमा ‘भाइरल’ नै बनाए । भूपी शेरचनले भनेझैँ, ‘हल्लै हल्लाको देश’मा हिसिला पनि हल्लै हल्लामा ‘दक्षिण एसियाकै भ्रष्टाचारी’ बन्न पुगिन् ।

त्यसरी ‘भ्रष्टाचारी’ भनेर चिनिन पुगेकी हिसीला बेला बिते पनि न्यायको निम्ति अदालत पुगिन् । काठमाडौँ-३१, बाघबजारस्थित ‘क्राइम टुडे’ नामक मासिक खबर पत्रिकामा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ‘न्याय पाउ“’ भन्दै हालिएको मुद्दाउपर काठमाडौँ जिल्ला अदालबाट सुनुवाइ भयो ।मुद्दाउपर छानबिन गर्दै अदालतले सो पत्रिकाको सबै टिम र अनामनगरस्थित ईन्द्रेणी अफसेट प्रेसलाई समेत कारवाही गर्‍यो । तर, सफाइ पाएको समाचार कसैले प्रकाशित गरेनन् ।

त्यस्तो भ्रामक, कपोकल्पित, निराधार र पूर्वाग्रही समाचार प्रकाशित गर्नेलाई दामाशाहीले रु. १ हजार जरिवाना हुने र पीडित यमीलाई क्षतिपूर्ति गर्ने अदालतको फैसला थियो ।

त्यस्तो समाचार आएपछिको एउटा भेटमा उनले आफूनिकट नेतालाई भनेकी रहेछिन्- ‘मेरो बड्नाम गर्‍यो । सायड, अरु भए आट्महट्यै गर्ठे होला ।’ (अन्यथा नलागोस्, उनको बोली नेपाली भाषामा प्रष्ट छैन । तर, उनी अंग्रेजीमा अत्यन्तै ‘फरवार्ड’ छिन् )

यसरी ‘भ्रष्टाचारी’ बनाइएकी हिसिलालाई अहिले पनि त्यस्तै नजरले हेर्ने गरिन्छ । निराधार प्रचारकै कारण उनलाई स्वयं आफ्नै श्रीमानले समेत राम्रो मान्न छाडे । अाफ्रनै कारणले प्रहार खेपेको बुझ्दाबुझ्दै बाबुरामले हिसिलालाई आफ्रनै नेतृत्वको ‘नयाँ शक्ति’मा महत्वपूर्ण भूमिका दिएनन् ।अन्तरिम केन्द्रीय परिषद्को ३५ सदस्यीय सचिवालयमा हिसिलालाई छुटाए, करिश्मा मानन्धरलाई राखे । आलोचनादेखि डराएर एमाओवादीको पोलिटव्यूरोसमेत रहेकी महिला नेतृ हिसिलालाई सचिवालयमा नराखेर पूर्वप्रधानमन्त्री बाबुरामले ‘पुरुषवादी चिन्तन’ मात्र देखाएनन्, उनको गौरवपूर्ण इतिहासको अवमूल्यन समेत गरे ।यद्यपि, उनी गलत पनि हुन सक्लिन् । यदि, तथ्य बदलियो र उनी गलत नै हुन् भन्ने प्रमाणित भएमा उनीप्रतिको दृष्टिकोण पनि बदलौँला । तर, स्वभावजन्य कमजोरीका कारण उनीमाथिको अहिलेको आरोप भने अन्यायपूर्ण नै देखिन्छ ।हिसिलालाई नै देखाएर ‘समृद्ध नेपाल’का निम्ति ‘नयाँ शक्ति नेपाल’ र यसका ‘डिजाइनर’ डा. बाबुराम भट्टराईमाथिको प्रहार झनै ‘उदेकलाग्दो’ छ । शायद बाबुरामले पार्टी मात्रै परित्याग गरेर स्वतन्त्र बसेको भए न उनीमाथि कुनै प्रहार हुन्थ्यो, न त उनकी श्रीमती हिसिलामाथि नै


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल