समाचार

नेपाल निजामति कर्मचारी संगठन नेता संगठन भएकाले जीत सुनिष्चित भएको महासचिव घिमिरेको ठोकुवा ।।

चैत्र १८ रेडियो नयाँ कर्णाली
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय महासचिव मोहनकुमार घिमिरेले निजामती कर्मचारीहरुको समग्र हितका लागि निजामती कर्मचारीहरुको आधिकारीक टे«ड यूनियन सिबिए निर्बाचनमा संगठनको जीत सुनिष्चित हुने दाबी गर्नुभएको छ । मूलूकको समृद्धिका लागि पनि नेपाल निजामती कर्मचारीहरुको जीत हुन जरुरी भएको भन्दै संख्या र स्थापनाकाल देखी गरीएका सकारात्मक कामको मूल्यांकन स्वरुप जीत सुनिष्चित भएको बताउनु भयो । यही चैत्र २८ गते हुने निजामती कर्मचारीहरुको आधिकारीक टे«ड यूनियन सिबिए निर्बाचन सम्बन्धि प्रचार अभियान तथा मान्ममा आज आयोजीत बिस्तारीत भेलालाई सम्बोधन गर्दै प्रमूख अतिथि समेत रहेका महासचिव घिमिरेले देश भरीको बलीयो संगठन, निजामित कर्मचारीहरुको मात्रै नभई हरेक नागरीकहरुको हितमा आवाज बुलन्द गर्ने, दृघकालीन योजना बनाएको नेपाल निजामति कर्मचारी संगठनको नेतृत्व भोली समृद्ध नेपाल बनाउनका लागि पनि आबस्यक भएको औल्याउनु भयो । बिभिन्न निकायमा कार्यरत कर्मचारीहरुको हितमा स्थापना कालदेखी नै नेपाल निजामति कर्मचारी संगठनले महत्वपूर्ण भूमिका निर्बाह गरेको उल्लेख गर्दै महासचीव घिमिरेले आगामी दिनमा पनि सबै कर्मचारीहरुको समग्र हितमा संगठन लागि पर्ने योजना रहेको प्रष्ट्याउनु भयो । संघियता, सुशासन, सामाजीक सुरक्षा, श्रमको सम्मान, राजनैतिक अधिकार सहीतको टे«ड यूनियन, हाम्रो अभियान भन्ने मूल नारा सहीत आयोजीत बिस्तारीत भेलामा माननिय सांसद तुलाराज बिष्ट, प्रमूख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले पनि कर्मचारीहरुको हीतका लागि टे«ड यूनियन आबस्यक भएको बताउनु भयो । जिल्ला अध्यक्ष देवानन्द धितालको अध्यक्षतामा सम्पन्न अभियान तथा बिस्तारीत भेलामा एमालेका काबा अध्यक्ष विश्वराज बम, नेपाल महिला संघकी केन्द्रिय सदस्य बिजया बिष्ट, पेशागत महासंका केन्द्रिय सदस्य लक्ष्मिप्रसाद चौंलागाई, संगठनका केन्द्रिय सदस्य पदमबहादुर शाही, एमाले सचिवालय सदस्य नगेन्द्र शाही नेशनल, नेपाल बुद्धिजीबि परीषदका केन्द्रिय सदस्य लालप्रसाद पोखरेल, पेशागत महासंघका अध्यक्ष कबिराज बराल, नेपाल शिक्षक संगठनका अध्यक्ष पंखबहादुर शाही, पत्रकार महासंघका अध्यक्ष कालीबहादुर मल्ल लगायतले कर्मचारीहरुको नेता संगठन नेपाल निजामती कर्मचारी संगठनलाई बिजयी गराउन आ आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो ।

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल