समाचार

पशु सेवा कार्यालयले थुमा बितरण गर्या

पशु सेवा कार्यालयले थुमा बितरण गर्या
चैत्र १८ रेडियो नयाँ कर्णाली
 कालीकोटले जिल्लाका बिभिन्न गाविसका भेडापालक कृषक समूहलाई उन्नतजातका थुमा बितरण गरेको छ । उन्नत जातको भेडा उत्पादन गरी कृषकहरुको आय स्तरमा बृद्धि गर्ने उद्येष्यले सरकारको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकम लगानीमा १८ वटा बरुवाल जातको जुम्लाको गुठिचौरबाट मगाइएका थुमा बितरण गरीएको हो । पहिलो चरणमा राम्नाकोट, सुकाटीया, थ्रिपु, मान्म, नानीकोट, बदालकोट, माल्कोट, राचुलीका किसानहरुका लागि पहिलो चरण अन्तरगत आज थुमा बितरण गरीएको छ । कार्यालय प्रमूख डा. बर्जकिशोर ठाकुर र सहायक प्रमूख जिल्ला अधिकारी पदमलाल लामीछानेले किसानहरुलाई थुमा बीतरण गर्नुभएको हो । बितरण गर्दै उहाले थुमाको उपायोग गरी मनग्य फाइदा उठाउन आग्रह गर्नुभएको छ । यसैगरी जिल्ला पशु सेवा कार्यालयकै आयोजनामा फोइमहादेव र छाप्रे गाविसमा पशु स्वास्थ्य शिबिर पनि संचालन गरेको छ । शिबिरमा औषधि बितरण, रेबिज बिरुद्धको सूई, पशु बन्ध्याकरण, आन्तरीक र बाहीरी परजीवीको उपचार लगायतका सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल