समाचार
४ दिन देखि टेलीफोन सेवा अबरुद्ध
चैत्र १८ रेडियो नयाँ कर्णाली
कालिकोटमा संचार सेवाको एक प्रमुख अंगको रुपमा संचालीत टेलिफोन सेवा चार दिन देखि अवरुद्ध हुदा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला सदरमुकाम मान्ममा रहेको नेपाल टेलिकम शाखा कालिकोटमा रहेको टेलिफोन पावर हाउसमा खरावी आएकाले ४ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा कालिकोटले जनाएको छ । नेपाल टेलिकमबाट वितरित लेण्डलाइन सेवाको स्वीचिङ्ग मेसिनमा खरावी आएका कारण सेवा अबरुद्ध भएको हो । मर्मतका लागि नेपाल टेलिकम केन्द्रीय कार्यालयबाट इन्जीनियर बोलाइएकाले इन्जीनियर पुगेपछि तत्काल मर्मत गरी सुचारु हुने टेलिकम शाखा कालिकोटका प्रमुख जितबहादुर त्यागीले बताउनु भएको छ । नेपाल टेलिकमबाट दिइने सेवाहरु मध्ये लेण्डलाइन सेवा अवरोध भएपनि अन्य सेवाभने सुचारु भैरहेको प्रमूख त्यागीले बताउनु भएको छ । लेण्डलाईन सेवा अवरोध भएपछि हाल १ सय बढी लेण्डलाईन ग्राहक मर्कामा परेका छन्