समाचार

नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, सन्दिप लामिछाने पनि परे

नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, सन्दिप लामिछाने पनि परे

 चैत्र  २६ रेडियो नयाँ कर्णाली 

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा यू-१९ कप्तान राजु रिजालसहित सन्दिप लामिछाने र सुशन भारी पर्न सफल भएका छन् ।

यस्तै पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, नरेश बुढायर, शरद भेषावकर र विनोद भण्डारी टोलीमा परेका छन् । यस्तै बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी पनि छन् ।

विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डललाई बैकल्पिकमा राखिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

बन्द प्रशिक्षणमा रहेका सुवास खकुरेल, सिद्धान्त लोहनी, सुनिल धमला, मन्जित श्रेष्ठ, अभिनाश कर्ण, आरिफ शेख, प्रदिप ऐरी भने टोलीमा पर्न सकेनन् ।

नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल