समाचार

मलेसियाको रेडियोमा नेपाली भाषाको कार्यक्रम

मलेसियाको रेडियोमा नेपाली भाषाको कार्यक्रम

२०७२ चैत २९ गते  रेडियो नयाँ कर्णाली 

रोजगारी तथा अध्ययनका शिलशिलामा मलेसियामा रहेका नेपालीहरुले अव नेपाली भाषाको रेडियो कार्यक्रम सुन्न पाउने भएका छन् । नेपाली दूतावास मलेसियाको पहलमा आगामी आइतवारदेखि रेडियो कार्यक्रम सञ्चालनमा आउने भएको हो ।सोमवार एक कार्यक्रमकाबीच मलेसियाको राष्ट्रिय समाचार संस्था अन्तर्गतको “रेडियो बर्नामा” र नेपालीदुतावासबीच रेडियो कार्यक्रम सन्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारीपत्रमा मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्न्यात र बर्नामाका प्रधानसम्पादक दातुक जाकरीया अब्दुल वहावले हस्ताक्षर गरेका छन् ।कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदुत डा.वस्न्यातले अत्यन्तै महत्वपुर्ण क्षण रहेको र यसले दुई देशको दौत्य सम्वन्धलाई अझ प्रगाढ वनाउने विश्वास व्यक्त गरे ।प्रत्येक आइतवार साँझ ८ बजेको समाचार पछि ९ बजेसम्म करिब १ घण्टा प्रशारण हुने रेडियो कार्यक्रमको नाम नेपाल शन्देश राखिएको छ ।रेडियोमार्फत दूतावासले नेपाली भाषामा श्रमिकहरुको लागि विभिन्न उपयोगी सूचना, स्वास्थ सम्बन्धी जानकारी तथा सन्देशमुलक सामाग्रीका अतिरिक्त नेपाली गीत संगीत पनि प्रशारण गर्नेछ । त्यसैगरी कार्यक्रममा स्थानीयमलायु भाषामा नेपालको पर्यटन सम्बन्धी सामाग्रीपनिप्रशारण गरिने भएको छ ।

करीव आठलाख नेपाली रहेको मलेसियामा रेडियो कार्यक्रमले नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास दूतावासले लिएकोे छ । यो कार्यक्रम रेडियो वर्नामाक्लाङ्ग भ्यालीमा ९३.९ मेघाहर्ज, जोहोर क्षेत्रमा १०७.५, कुचिङ्गमा १००.९ र कोताकिनावारुमा १०७.९ मेघाहर्जमा सुन्न सकिनेछ ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल