समाचार

कर्णाली करिडोरमा गाडी गुड्दा जनता हर्षित

२०७३ जेष्ठ २४ रेडियो नयाँ कर्णाली
समग्र कर्णालीको आर्थिक समाजिक विकाससँग जोडिएको कर्णाली करिडोरमा गाडी गुड्दा कालिकोटवासीहरु हर्षित भएका छन् । लामो समयदेखि नेपाली सेनाद्धारा निर्माणधिन राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरमा आईतबार व्यवस्थापिक संसदका विकास समितिका सभापती रबिन्द्र अधिकारीले एक औपचारीक कार्यक्रमकाबीच उक्त करिडोरको शुभारम्भ गरे ।
 
कालिकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सिमाना हिल्सा जोड्ने, नेपालकै उत्तर दक्षिण भारत र चिनलाई जोड्ने राष्ट्रिय महत्वको राजमार्ग कर्णाली करिडोरमा गाडीहरु गुड्न थालेपछि कालिकोटवासीहरुले खुसीयाली मनाएका छन् । कर्णालीको आर्थिक सम्बृद्धिका साथै व्यपारीक राजमार्गका रुपमा लिईएको करिडोरको आईतबार शुभारम्भमा कोटबाडा गाविसको लालिघाटदेखी रकु गमविसको रेगिल कर्णाली छालसम्म ६ किलोमिटर बाटोमा नेपाली सेनाले सात वटा जिपहरु गुडाएर करिडोरको शुभारम्भ गरिएको छ ।
विगत १० बर्ष अगाडीदेखि सडक बिभागले काम थालेको कर्णाली करिडोरमा करीब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रुपमा कामले तिब्रता नपाँउदा स्थानीयले आन्दोलनसमेत गरेका थिए । कालिकोट जिल्लाको १५ औ र १६ औ जिल्ला परीषदमा कर्णाली करिडोरलाई नेपाली सेनाको जिम्मा लगाउनु पर्छ भन्दै आन्दोलन गरेपछि १७ औ जिल्ला परीषदमा निर्णय भएर २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय भई त्यसैको चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको थियो ।
 
कर्णालीको भाग्यसँग जोडिएको राजमार्ग कर्णाली करिडोर अबको चार बर्षभित्र हुम्लाको सिमिकोट गाडी पु¥याउने नेपाली सेनाको लक्ष्य रहेको कर्णाली करिडोर निर्माण कार्यदल प्रमूख कर्नेल इन्दीवर गुरुङले बताए । उनले सरकारले आवश्यक बजेट र प्राबिधिक सामाग्रीहरु जुटाईदिनेहो भने अबको दुई बर्षभित्र कर्णाली करिडोर निर्माण कार्य पुरा गर्न सकिने कर्नेल गुरुङले बताए । उनका अनुसार यसै बर्ष लालिघाटदेखि बाजुराको अर्थिङगे चौरसम्मको ६८ दशमलव ५ किलोमिट सडकको आँशिक ट्रयाक खुल्ला हुने भएको छ । आउने आर्थिक बर्षको दोस्रो चौमासिक सम्म कर्णाली करिडोरको कालिकोट खण्ड ४० किलो मिटर ट्याग ओपन गरी सडक बिभागलाई हस्तान्त्रण गर्ने योजना रहेको छ । २ खर्ब ८४ करोड ११ लाख १६ हजार कुल लागत अनुमान गरिएको यो करिडोरमा हालसम्म नेपाली सेनाले पहिलो बर्ष ३ करोड र चालु आवमा १९ करोड गरी २२ करोड बजेट खर्च गरिसकेको छ ।
संसदिय विकास समितिनका सभापती रबिन्द्र अधिकारीले अर्थ मन्त्रालयलाई दुई बर्षभित्र कर्णाली करिडोर निर्माण पुरा हुनेगरी बजेट र प्राबिधिक सामाग्रीको तत्काल व्यवस्था गर्न निर्देशन दिने प्रतिबद्धता जनाउदै करिडोर निर्माण दुई बर्षभित्र पुरा गर्न सेनालाई आग्रह गरे । करिडोरको विकास समितिबाट अनुगमनका लागि आउनुभएका अधिकारीले राष्ट्रिय गौरवको आयोजनालाई कुनै पनि हालतमा बजेटको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने उनले बताए । कर्णाली करिडोर निर्माण सँगै कर्णालीका नागरिकहरुको आर्थिक सम्बृद्धिका साथै जीवन स्तरमा सुधार आउने बताए ।
 
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव रामशरण बुढासैनीले अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको तर्फबाट बोल्दै कर्णाली करिडोर निर्माणमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा हुम्लाका सांसद जीवन शाही, मुगुका संसद मोहन बानिया, जुम्लाका सासद ललितजंग शाही लगायतका कर्णालीका सांसदहरुले नेपाली सेनाले अहिले गरीरहेको कामको तिब्रता प्रसंसनिय रहेको बताउदै अझै सेनाको क्षमता विकासमा सरकाले चासो दिनुपर्ने बताएका छन् ।
कर्णाली करिडोर कालिकोट खण्ड ४० किलोमिटर, बाजुरा खण्ड ४३ किलोमिटर र हुम्ला खण्ड १ सय १३ दशमलव ३४७ किलोमिटर गरी १ सय ९६ दशमलव ३४७ किलोमिटर रहेको छ ।
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल