समाचार

सलमानको आशय गलत थिएन’

सलमानको आशय गलत थिएन’

 २०७३,असार १०, रेडियो नयाँ कर्णाली

 महिला सम्बन्धी विवादले दिनमा चैन न रातमा निद्राको अवस्थामा पुगेका सलमान खानका समर्थन र विरोधमा टीकाटिप्पणीहरू आउने क्रम पनि थामिने छाँट छैन । अहिले उनको पक्षमा अभिनेता नवाजुद्दिन सिद्दिकी देखा परेका छन् । सलमानको आशय गलत नभएको ठोकुवा गर्दै उनी बचाउमा अघि सरेका छन् ।

सलमानले रिलिजको मुखमा रहेको आफ्नो फिल्म ‘सुल्तान’ का लागि दिइएको एउटा अन्तरवार्तामा ‘सुल्तान’ को सुटिङ अनुभव सुनाउँदै उनले भनेका थिए, ‘हरेक पटक सुटिङ सकेर रिङबाट बाहिर आउँदा मेरो हबिगत बलात्कृत महिलाको जस्तो हुन्थ्यो ।’ उनले सुटिङ सकेर निस्कँदा सीधा भएर हिँड्न नसक्ने हबिगतलाई बलात्कृत महिलासँग लगेर जोडेका थिए । खासमा उनले धेरै शक्ति र मिहिनेत लगाएर काम गरेको अथ्र्याउन त्यो हदसम्मको उदाहरण दिएका थिए । तर निसाना सही भएन । उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा अचाक्ली आलोचना हुन थाल्यो ।

‘सलमानको त्यो अभिव्यक्ति मेटाफोरका रूपमा आएको हो,’ ‘किक’ र ‘बजरंगी भाईजान’ जस्ता फिल्ममा सँगै खेलेका अभिनेताबारे नवाजुद्दिनले एउटा भारतीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘त्यो कुरो अब अति भइसक्यो । त्यही कुरालाई अचाक्ली उचालिरहनु आवश्यक छैन । कुन आशयले के भनिएको हो भन्ने कुराले अर्थ राख्छ । सलमानको भनाइको आशय गलत थिएन ।उता, सलमानको अभिव्यक्तिको विरोध गर्नेहरूप्रति उनका फ्यान भनिनेहरू निकै असहिष्णु भइरहेका छन् । चर्चित गायिका सोना मोहापात्रले सलमान कृत्यको विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी गर्दा कथित सलमान फ्यानले उनलाई तथानाम भनेका छन्, अपाच्य गाली दिएका छन् ।



 

 

Download Pdf

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल