समाचार

उपप्रधानमन्त्री कमल थापाको गाडी मोह

पार्टी प्रवक्तादेखि विद्यार्थी नेतालाई राज्यको गाडी बाँड्दै

सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सुविधा शीर्षकमा अनधिकृत रुपमा राज्यस्रोतको अत्यधिक दोहन गरिरहेको भेटिएको छ ।यदाकदा भ्रष्टाचारविरुद्ध अभियान चलाउने बताउँदै आएका उपप्रधानमन्त्री थापाले आफ्ना नेता-कार्यकर्तालाई गैरकानुनीरुपमा राज्यको स्रोत-साधन उपलब्ध गराएका छन् ।मन्त्री थापाले आफ्नो सचिवालयका अतिरिक्त कार्यकर्तालाई समेत राज्यकोषबाट खरिद भएका गाडी र ड्राइभरदेखि विभिन्न थप सुविधा उपलब्ध गराएका हुन् ।मन्त्री र सचिवालका नाममा मन्त्रालय र मन्त्रालय अन्र्तगतका विभिन्न विभागसँग गाडी मगाउने र कार्यकर्तालाई उपलब्ध गराउने काममा मन्त्री थापा रहेको मन्त्रालय स्रोतको दाबी छ ।मन्त्री र उनको सचिवालयको सुविधाका लागि मन्त्रालयअन्र्तगत डोलिडारले मात्र ६ वटा गाडी र दुई मोटरसाइकल उपलब्ध गराएको छ । यसका अतिरिक्त ती सबै गाडीका लागि आवश्यक इन्धनसमेत डोलिडारले उपलब्ध गराइरहेको छ ।कुनै पनि विभागले मन्त्रीलाई यस्तो सुविधा उपलब्ध गराउन पाउँदैन । यदि गराए राज्यस्रोतको दुरुपयोग मानी अख्तियारको छानविनको दायरामा आउँछ ।नयाँ सरकार गठनदेखि नै स्थानीय विकास मन्त्रालयमा भने तीन मन्त्रीले राज्य स्रोतको अधीक दोहन गरिरहेका छन् । मन्त्री राज्यमन्त्री सहायक मन्त्री र उनीहरुको सचिवालयका लागि मन्त्रालयले पनि ६ वटा गाडी र आवश्यक इन्धन उपलब्ध गराउँदै आएको सहसचिव धनबहादुर श्रेष्ठले बताए ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल