समाचार

आर्थिक वर्षमा जिल्लामा रहेका प्राबिधिकहरुको मालामाल

२०७३  असार २२ रेडियो नयाँ कर्णाली 
आर्थिक वर्षमा जिल्लामा रहेका प्राबिधिकहरुको मालामाल हुने गरेको रहस्य खुलेको छ । जिल्लामा रहेका बिभिन्न बिकासे योजनामा काम गर्ने प्राबिधिकहरुका लागी आर्थिक वर्ष उत्साहको वर्ष हुने गरेको नागरिकहरुले वताएका छन । जिल्ला शिक्षा कार्यालय वाट बितरण गरिएका बिभिन्न भवनको अन्तीम किस्ता भुक्तानीका लागी मान्ममा आएका उपभोक्तावाट जिल्ला शिक्षा कार्यलयका प्राबिधिकहरुले १० देखि २० प्रतिसत सम्म खर्च माग्ने गरको फुकोटमा रहेको एक बिदालयका प्रअले वताउनु भयो । उहाँले आफ्नो नाम नभनिदिन आग्रह् गदै भन्नु भयो, प्राबिधिकले सिदै १० प्रतिसत आफुलाई खर्च दिन भने आफुले दिन सक्दैन काम नभएको भए बिद्यालया अध्यक्षले देलान भनेर फर्किएको वताउनु भयो । उहाँले आफुले प्राबिधिकलाई १० प्रतिसत पैसा दिएमा बिधालयमा आफुलाई अरु कर्मचारीले लेखाजोखा माग्छन म आफ्नो तलव वाट दिन सक्दैन वरु भुक्तानी राके रोक्लान भनेर फर्केर आएको उहाँको भनाई छ ।  तर उहाँले प्राबिधिकको नाम भने किटान गर्नु भएको छैन । उहाँले भन्नु भयो तपाई आफै वुझ्नु होस, रास्कोट क्षेत्रको बिद्यालय हेर्ने प्राबिधिकका वारेमा जिल्ला शिक्षा कार्यालयले मान्छेको नाम किटान गर्ला । यसरी हेर्दा पैसाको लेनदेन चलेको तर यसमा दुवै पक्षको मोलमोलाई हुने गरेको आंशंका गरिएको छ । यसका बिषयमा अनसन्धान पनि हुदै गरेको छ । जिल्लाका अन्य कार्यालयमा पनि आर्थिक चलखेल वडेको गुनासो आउने गरेको छ । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल