समाचार

कर्णाली रोजगार कार्यक्रममा परिवर्तन गर्नुपर्ने माग

 

 २४ फागुन  

कर्णाली रोजगार कार्यक्रमलाई आधार निर्माणसहितको कर्णाली रोजगार कार्यक्रममा परिवर्तन गरिनुपर्ने त्यहाँका जनताले माग गरेका छन् । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्णाली क्षेत्र विकास इकाईले जुम्लामा आयोजना गरेको नमुना परियोजना अभिमुखीकरण कार्यक्रममा जुम्लावासीले कर्णाली रोजगार कार्यक्रम खास गरिबका लागि नभएको र यस्ता कार्यक्रमले कर्णाली क्षेत्रमा परनिर्भरता बढाउने डर भएको बताए ।  कार्यक्रममा सहभागी राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्मचारी सबैले एक स्वरका साथ कार्यक्रममा सहभागी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव युवराज सुवेदीलाई प्रश्न तेस्र्याएका थिए । उपसचिव सुवेदीले कर्णाली रोजगार कार्यक्रमलाई नमुनाको रुपमा लिन पाइलट कार्यक्रमको रुपमा लैजाने प्रयास गरिएको बताउँदै कार्यक्रमलाई पूर्वाधार, आयआर्जन र एक घर एक बगैँचा कार्यक्रममा परिणत गरिनुपर्नेमा जोड दिनुभयो ।  सरकारले कर्णाली रोजगार कार्यक्रम सुरु गरेपनि यसले वास्तविक गरिबको पहिचान गर्न नसकेको, विकास निर्माणका काममा मानवस्रोतको सट्टा डोजर प्रयोग गर्ने गरिएको, कार्यक्रमको पुनरावलोकन नगरिएको लगायतका विषयलाई सच्याउन समेत अनुरोध गरिएको थियो । नेकपा एमालेका जिल्ला सचिव रतननाथ योगीले कनिका छराई कार्यक्रमले कर्णालीको बेइज्जत भएको आक्रोस पोख्नुभयो । 

 

गैर सरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गा पाण्डेले बहुउद्देश्यीयसहितका ठूला आयोजनामा लागनी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल