समाचार

पशुको गुणस्तर बिकास गर्न बिभिन्न प्रजातीका घास दिन न्यादिस पाण्डेको कृर्षकहरुलाई आग्रह, कृर्षकहरुलाई डाले घासका बिरुवा संगै बिउ बितरण ।।

२०७३ असार ३१ रेडियो नयाँ कर्णाली
माननीय जिल्ला न्यादिस केशवराज पाण्डेले मानिसहरु झै पशुलाई पनि मिठो खाने कुराको आवस्यक्ता पनेृ भएकाले बिभिन्न प्रजातीका घासहरु लगाएर पशुको आहारा पुरा गर्न कृर्षकहरुलाई आग्रह गर्नु भएके छ । न्यादिस पाण्डेले मानिसलाई मासु दिने खसि वोका, कुखुरा, दुध दिने गाई भैसिलाई राम्रो आहारा दिनका लागी डाले घास संगै बिभिन्न परिकारको घास दिनु राम्रो हुने वताउनु भयो । जिल्ला पशुसेवा कार्यलयले जिल्लाको जुविथा, दाहाँ लगाएतका गाबिसमा खाद्य सुरक्षा कार्यक्रम अन्तरगर्त बितरण गरेको वाख्रा, कुखुराको अवस्था वुझन आज अनुगमनमा जानु भएका न्यादिस पाण्डेले सो कुरा वताउनु भएको हो । जिल्ला पशु सेवा कार्यलयका प्रमुख डाक्टर व्रजकिसोर ठाकुरले नागरिकहरु समृद्ध भए राष्ट पनि समृद्ध हुने भएकाले राज्यले दिएको अनुदानलाई नागरिकहरुले आफ्नो स्तरउन्नतीका लागी हो भनेर वुझन आग्रह गर्नु भयो । जिल्ला कृर्षि बिकास कार्यलय कालिकोटका वरिष्ठ कृषि बिकास अधिकृत शुनिल कुमार सिहंले आधुनिक कृर्षि प्रणालीको बिकास गर्न राज्यले बिभिन्न सेवा प्रदायक कार्यलय वाट नागरिक मुखि योजना ल्याएको भन्दै ति योजनालाई सफल पार्न आग्रह् गर्नु भयो । उहाँले जुविथा लगाएतका जिल्लाका बिभिन्न गाबिसलाई स्याउ पकेट क्षेत्र वनाउन लागेको भन्दै कृर्षि प्राबिधिकहरुको सल्लाहमा स्याउ लगाएतका फलफुल खेती गरि कृर्षी प्रदान देशको पहिचान दिन आग्रह् गर्नु भयो । पशुसेवा कार्यलयले गरेका कामको उन्नती हेर्नका लागी न्यादिस पाण्डे, सायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, वरिष्ठ कृर्षि बिकास अधिकृत सिहं जिल्ला बिकास समितिका नासु राजवहादुर वम पशुसेवा कार्यलयका प्रमुख ठाकुर, पशु डाक्टर पशुबिकास अधिकृत जवानसिहं वम, जिल्लाका पत्रकार लगाएतको सहभागीता रहेको थियो । अनुगमनको क्रममा बिभिन्न डालेघासका बिरुवाका साथै घासको बिउपनि बितरण गरिएको छ । अनुगमन टोलीले दाहामा रहेको अम्वीका शाहीको वंगुर पालन फमको पनि अनुगमन गरेको थियो । एकल महिला शाहीले १ सय वढि वंगुर पालेर कर्णालीकै नमुनाका रुपमा वंगुर पालन गरिरहनु भएको छ । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल