समाचार

सिम्ले गाडमा वगेर दुई दिदि बहिनीको निधन, छोरीको भने जिवितै उद्धार

२०७३ असार ३१ रेडियो नयाँ कर्णाली
कालिकोट जिल्लाको दाहाँ गाबिसका रहेको सिम्ले गाडमा वगेर दुई दिदी वहिनीको मृत्यु भएको छ । बिहवार दिउसो माइती घरवाट आफ्नो घर दाहाँको तलसेरा आउदै गरेकिी दिदी वहिनी सिम्लेगाड तर्न खोज्दा वगाएको थियो । दिदी वहिनीका साथै ६ महिनाकी छोरीलाई समेत गाडले वगाएको थियो । खोलाले वगाए लगतै स्थानियले छोरीको उद्धार गरेपनि दीदी वहिनीलाई उद्धार गर्न सकिएको थिएन । छाप्रे ७ ओखर भिटाका रामकृष्ण न्यौपानेकी छोरी दाह्हाँको तलसेरा पोइली घर भएकी लक्ष्मी कन्या न्यौपनो भट्राई र उनकी ११ वर्षिया वहिनी सुलछिना न्यौपानेको खोलाले वगाएर मृत्यु भएको हो । दिदी वहिनीको आज बिहान १० वजे मात्रै खोलावाट स्थानियहरुले लासको उद्धार गरि दाससस्कार गरेका हुन ।  

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल