समाचार

जिल्ला वन कार्यालयको प्रगति समिक्षा वैठक सम्पन्न,

२०७३ असार ३१ रेडियो नयाँ कर्णाली
जिल्ला वन कार्यालय कालीकोटको आयोजनामा आज जिल्ला स्थरिय प्रगति समिक्षा वैठक सम्पन्न भएको छ । जिल्ला वन कार्यालय कालीकोटका जिल्ला वन अधिकारी अचल कुमार ढुंगानाको अध्यक्षता ,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काको  प्रमुख आथित्यता, र स्थानिय विकास अधिकारी प्रदिपराज अधिकारीको विषेश आथित्यतामा  सो कार्यक्रम संचालन गरीएको हो । जिल्ला वन कार्यालयले २०७२ र २०७३ मा गरेका कामहरुको बारेमा समिक्षा  गरेको थियो । उक्त विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि ,वडा नागरीक मन्च ,नागरीक समाज पत्रकारहरुको सहभागिता रहेको  थियो  ।  आर्थिक वर्षमा जिल्ला वन कार्यालय कालीकोटले भवानी सामुदायिक बन उपभोक्ता समुह दाहा ८ मा १० हेक्टर र  पानिधारा सामुदायिक बन उपभोक्ता समुह दाहा मा १ हेक्टर गरी जम्मा ११ हेक्टर जमिन वृक्षरोपण गरेको थियो । हरियो  वन  नेपालको धन  भएकाले उजाड भएका ठाउँहरुलाई वृक्षरोपण गरी हरीयाली वनाउने  उद्देश्यले वृक्षरोपण गरीएको थियो । आगामि दिनहरुमा पनि जिल्लाका विभिन्न ठाउँहमा वृक्षरोपण गरीने  जिल्ला वन कार्यालय कालीकोटका जिल्ला वन अधिकारी अचल कुमार ढुंगानाले बताउनुभएको छ ।  

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल