समाचार

माओबादी नेता भण्डारी धरौटीमा हिरासत मुक्त

२०७३ साउन ४ रेडियो नयाँ कर्णाली
नेकपा माओबादी बिप्लव समुहका नेता कर्णवहादुर भण्डारीलाई आज जिल्ला प्रशासन कार्यालय कालिकोटले तारेखमा रिहा गरेको छ । गत असार १३ गते जिल्ला बिकास समिति कालिकोट अन्तरतर्ग कर्णाली रोजगारका इन्जिनियर जनक रोकायालाई कालो मुसो दलेको अवियोगमा प्रक्राउ पर्नु भएका माओबादी कालिकोटका इन्चार्ज भण्डारीलाई जिल्ला प्रशासन कार्यालयले ८ हजार धरौटीमा थुना मुक्त गरेको छ । धरौटीमा छुटे लगतै माअ‍ोबादीका नेता तथा कार्यकताले नेता भण्डारीलाई अबिनन्दन तथा स्वागत कार्यक्रमको आयोजना गरि दोसल्लाह ओडाएर स्वागत गरेका छन । स्वागत कार्यक्रममा आफ्नो २३ दिन हिरासत वसाईको वारेमा कुरा गदै नेता भण्डारीले भष्टाचार मुक्त समाज वनाउने अभियानमा लागेर जेल जानु आफ्ना लागी अवसर भएको वताउनु भयो । जेल वसाईको सिलसिलामा धेरैले कार्वाह्ी प्रक्रिया वैधानिक वनाउन सुझाव दिएको भन्दै डिल्पप्रकरणमा वैधानिक वाटो अपनाउदा भस्टाचारीले उनमक्ति पाएर डोल्पाको स्थानिय बिकास अधिकारी भएको वताउनु भयो । डिल्पप्रकणका मुख्य अभियुक्त तत्कालिन योजना अधिकृत हरिलाल पुरी प्रति लक्षित गदै नेता भण्डारीले भष्टाचार गर्नेलाई कार्वाहीको दायरामा ल्यान खोज्दा उल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनमुक्ती दिएर डोल्ल्पाको एलडियो वनाएकाले आफुहरु आफै भष्टाचारीलाई कार्वाह्ी गर्न वाध्य भएको वताउनु भयो । माओबादी नेता अविचल वुढा, जनसरकार प्रमुख मनिलाल एैडि, राष्टिय जनस्वयमसेवकका कणाली इन्चार्ज दिनेश बिक लगाएतले भष्टाचारीलाई कार्वाह्ी गर्ने अभिायन सुरु भएको भन्दै जेलनेल र हिरासत क्रान्तिकारीहरुका लागी पाठसाला भएको वताएका थिए । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल