समाचार

कर्णाली राजमार्ग अन्तरगर्त कालिकोट खण्डको एसमोडमा भिषण पहिरोले वाटो अवरोध

२०७३ साउन ४ रेडियो नयाँ कर्णाली
कर्णाली राजमार्ग अन्तरगर्त कालिकोट खण्डको एसमोडमा भिषण पहिरोले अवरोध वाटो खुलाउने प्रयास आज पनि सफल हुन सकेन । आज नेपाल प्रहरी नेपाली सेना र स्थानियको पहल बिफल भएको छ । पहिरो खस्दा ठुलठुला ढुग्गाहरुले सडक छापेपछि बेलास्टिन नगरेर खुलाउन नसकिने भएकाले नेपाली सेनालाई आग्रह गरिएको छ । नेपाली सेनाले भोली वेलास्टिन गरेपछि वुधवार साँझ सम्म वाटो खुल्ने समभावना रहेकोे छ । झण्डै एक हप्ता देखि अवरोध छाप्रेको खल्लागाडमा आएको पहिरोलाई भने प्रहरीको सक्रियतामा हटाएर आज वाट वाटो सुचारु भएको प्रहरीले जनाएको छ । आइतवार राती वाट लगातार परेको भिषण पानीका कारण आएको पहिरोले वाटो अवरोध हुदा सयौ यातायातका साधनहरु बिचवाटो मै अलपत्र परेका छन । पहिरो हटाउने साधन कर्णाली राजमार्गमा केही पनि छैन । पहिरोका कारण कालिकोट, जुम्ला मुगुवाट सुर्खेत नेपालगन्ज काठमाण्डौ जाने यातायातका साधनहरु रोकिएका छन । पहिरोलाई हटाउनका लागी स्काईभेटरको पहल भएपनि कुनै ठाउवाट उपलब्ध हुन नकसकेको प्रहरी निरिक्षक टेकवहादुर जोराले वताउनु भयो । अव अन्तीम बिकल्प भनेको नेपाली सेना भएकाले सेनाले वेलास्टिन गरेपछि वाटो खुल्ने आसा गरिएको छ । 
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल