समाचार

र्याफ थ्र्रि कार्यक्रमको २३ करोड वजेट सडक निमार्णमा खर्च, अझै वाटो निमार्णमा प्राथमिक्ता दिन नागरिहरुको माग ।।

२०७३ साउन ६ रेडियो नयाँ कर्णाली
कालिकोट जिल्लाको रास्कोट क्षेत्रका तिन गाबिसमा ग्रामिण पहुच कार्यक्रम अन्तरगर्त रयाफ थ्र्रिको झण्डै बिस करोड रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७१,७२ र ०७२,७३ मा गरि दुई वर्षमा १९ करोड १२ लाख ८१ हजार रुपैयामा रास्कोट क्षेत्रका तिन गाबिसमा खर्च गरेको र्याफ थ्र्रिले जनाएको छ । दुई आर्थिक वर्षमा ग्रामिण सडक खनिरहेका कामदारलाई मात्र १९ करोड, १२ लाख ८१ हजार भुक्तानी लिएको जनाईएको छ । वेलायती सरकार डिफेडको आर्थिक सहयोगमा गा्रमिण पहुँच कार्यक्रमले रास्कोट क्षेत्रका फुकोट, स्युना र सिपखाना गाबिसमा सडक निमार्ण गरिरहेको छ । जिल्ला बिकास समितिको डिटिएमटिले गरेको निर्णय अनुसार र्याफ र्थि्रले दुई वर्ष अगाडी देखि सडक निमार्ण गरिरहेको छ । र्याफ थ्र्रिले सिपखाना र स्युना र फुकोटमा ५४ वटा समुह निमार्ण गरेर वाटो खनिरहेको छ । समुहमा २० जना मात्र राख्ने गरेको छ । प्रत्येक समुहमा ३३ प्रतिसत महिलाहरुको सहभागीता अनिवार्य गराउने गरेको छ । सो कार्यक्रमले महिला र पुरुषलाई समान ज्याला पनि लागु गरेको छ । लामो समयको बिवाद पछि जिल्लाको दुई क्षेत्रवाट आफ्नो काम सुरु गरेको र्याफ थ्र्रिले जिल्लाको पलाँता क्षेत्रको जारकोट, राम्नाकोट क्षेत्रमा पनि काम गरिरहेको छ । रास्कोट क्षेत्रको १८ किलो मिटर र जारकोट राम्नाकोटको ५ किलो मिटर गरि २३ किलोमिटर सडक निमार्ण गरिरहेको छ । 
२३ किलो मिटर सडक निमार्णका लागी दुई वर्षमा २३ करोड ३२ लाख ९६ हजार रुपैया खर्च भईसकेको छ । स्थानिय बिकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता तथा साहयक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यतामा सम्पन्न वार्षिक समिक्षा गोष्टिमा र्याफ थ्रि कालिकोटका टिम लिडर बिष्णुराम बिष्ट, साझेदार सस्था भिडिसेफका अध्यक्ष मिनवहादुर वोगटी लगाएतले हाल सम्मको प्रगती बिवरण प्रस्तुत गर्नु भएको थियो । गाृष्टिमा सहभागी रास्कोट क्षेत्रका नागरिकहरुले आधा काम मात्र भएकाले मुम्र्रा गाबिस र उता नानीकोट गाबिसको लैफु सम्मको सडक निमार्ण गर्न माग गरेका छन । हाल र्याफले सिपखाना र स्युना गाबिसका सानो भुगोल मात्र समेटेको छ ।  काम पनि राम्रो र पैसा पनि हातैमा दिने भएकाले यही कार्यक्रम मार्फत सडक निमार्ण हुनु पर्ने यस क्षेत्रका नागरिकहरुको जोड छ । सन २०१७ मा पुर्व सर्भेअनुसारको वाटो निमार्ण गरेर जिल्ला बिकास समितिलाई हस्तान्त्रण गरेर र्याफ थ्रि अर्को क्षेत्रमा जाने भएपछि नागरिकहरुले रास्कोट क्षेत्रको सबै भुगोलमा सडक बिस्तार गरिदिन माग गरेका हुन । 
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल