समाचार

वाटो पुगेको १३ वर्ष पछि कालिकोटमा वसपार्क सञ्चालनमा, दिन नागरिहरुको माग ।।

२०७३ साउन ६ रेडियो नयाँ कर्णाली
कालिकोट जिल्लामा गाडी पुगेको १३ वर्ष पछि वल्ल वसपार्क सञ्चालनमा आउने भएको छ । लामो समय पछि सदमुकाम मान्म ताडीमा आज एक कार्याक्रमका विच कालिकोट वषपार्क को उद्घाटन गरिएको हो । ताडी वसपार्क निर्माण समितिले वसपार्कको स्थापना संगै सुरु पनि गरुेको छ । कालिकोट जिल्लामा गाडिहरुको सहि प्रयोग गरि यात्रुलाइ सास्ती नहोस भन्ने उद्येश्य तथा सिंगो कालिकोटको यातायात व्यवस्थापनको विकासका लागि वसपार्क स्थापना गरी सञ्चालनमा ल्याईएको समितिले जनाएको छ । कार्याक्रमका प्रमुख अतिथि जिल्ला अदालत कालिकोटका माननिय न्याधिस केशवराज पाण्डेले व्यानर उद्घाटनका साथै रिवन काटेर नयाँ वसपार्कमा वसलाइ भित्राईएको थियो ।  कार्याक्रमममा वोल्दै उहाँले वसपार्क उद्घाटन हुदा कालिकोट वासी मात्र नभएर कर्णाली आसपासका  जिल्ला वाट आउने जाने वस र यात्रुहरुलाइ यसले ठुलो सहयोग गर्ने बताउनु भयो । उद्घाटन कार्याक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण व.खड्का,जिल्ला बिकास समितिका योजना अधिकृत भोला प्रसाद चापागाँइ,नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नन्द वहादुर शाही लगाएत राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि,सरकारी तथा गैरसरकारी सस्थाका प्रमुख प्रतिनीधी,पत्रकार,स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो । कार्याक्रमको समापन गर्दै सभाअध्यक्ष भानु प्रभात पाण्डेले कालिकोट जिल्लामा वसपार्क राम्रो नभएको र अव कालिकोटमा ताडी वसपार्क भएपछि आउने जाने गाडिहरुलाइ पार्क गर्न समस्या नहुने वताउनु भयो । १३ वर्ष पछि औपाचारीक रुपमा वसपार्कको उद्दघाटन गरिए पछि वस पार्किगंमा सहज हुने ब्यवसायीहरुले वताएका छन ।

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल