समाचार

उच्च रक्तचापका कारण जिल्ला अस्पताल कालिकोटमा एक महिलाको निधन, मध्यपश्चिममै हेलिकोप्टर नहुनु राज्यको ठुलो कम्जोरी ।।

२०७३ साउन १९ रेडियो नयाँ कर्णाली 
जिल्ला अस्पताल कालिकोटमा सोमवार एक सुत्केरी महिलाको ज्यान गएको छ । अस्पतालमा सुरक्षित सुत्केरी हुन ४ कोष टाडा दाहाँ गाबिसवाट तिन दिन अगाडी जिल्ला अस्पतालमा पुग्नु भएकी २१ वर्षिया पुर्णकला चौलागाईको अप्रेसनका क्रममा ज्यान गएको हो । तीन वर्ष अगाडी पहिलो वच्चा जन्माउदा पनि अप्रेसन गरेर वच्चा जन्माएकी थिएन । वच्चालाई सकुसल निकालेपनि आमाको भने उच्च रक्तश्रापका कारण चौलागाईको निधन भएको अप्रेसन थेटरमा काम गर्ने जिल्ला अस्पतालका सुचना अधिकारी तथा मृर्तक दाई दुर्गाप्रसाद आचार्यले वताए । रगतको ठुलो समस्या पर्यो, नेपाली सेना र नेपाल प्रहरीलाई ए पोजेटिभ रगतका लागी आग्रह गर्दा सुनुवाई भइन । रगत अभावले पनि वहिनीको ज्यान गएको आचार्यको भनाई रहेको छ । रगतको अपेक्षा गरिएको निकायवाट रगत नभएको ठाडो जवाफ आएपछि स्थानिय ब्यक्तिहरुलाई खवर गर्दा बिरामीको अवस्था निकै खतरा अवस्थामा पुगिसकेको थियो । अस्पतालका नर्स, स्वास्थ्यक्रर्मि र आफ्न्तले रगत त दिए तर बिरामीको अवस्था निकै खतरामा पुगिसकेको थियो । अस्पतालको सबै श्रोत प्रयोग गर्दा पनि अवस्था सुधार्न नसकेको उनको भनाई छ । बिरामीको अवस्था गम्वीर वन्दै जादा हेलिकोप्टरवाट सुविधा सम्पन्न अस्पतालमा लिनका लागी जिल्लाको सबै शक्तिलाई आग्रह गरियो त्यो पनि सम्भव नभएपछि बहिनीको ज्यान गएको भकानिदै दुर्गा आचार्यले भने । हेलिकोप्टरका लागी जिल्लाका सासद, नेताहरु जिल्ला प्रशासन र स्वास्थ्य सेवा बिभाग र स्वास्थ्य मन्त्रालय सम्म खवर भएको डाक्टर कौसल अलिले वताए । सबै ठाउमा खवर गर्न लगाईयो तर कुनै पनि निकायले एक दुर्गम क्षेत्रको नारीको अवस्थालाई नवुझिदिएको प्रमुख अलिको गुनासो छ । उहाँले काठमाण्डौको ग्राण्डी अस्पताल देखि बिभिन्न निकायमा खवर गर्दा पनि सुनुवाई नभएको वताए । उनले ग्राण्डीले पनि सुनुवाई नगरेकाले उनको ज्यान गएको वताए । मध्यपश्चिमै हेलिकोप्टर नभएकाले यो समस्या भएको वताए । प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर खड्काले माउटेन होलिकोप्टरलाई कुरा गरेको उसले पहिला ढिला गर्यो पछि आउन खोज्दा यता नचाहिने भनेकाले आउन नआएको वताए । पैसाको कुरामा समस्या नै थिएन, अस्पतालले तिर्ने वताएको थियो । तर हेलिकोप्टरको समस्या भयो । मध्यपश्चिमै हेलिकोप्टर नभएकाले पुर्णकलाको ज्यान गएको सबैको भनाई छ । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल