समाचार

गेलामा एक भैसिलाई पशुस्वास्थ्य सस्थामा सुत्केरी गराईयो,

२०७३ साउन १९ रेडियो नयाँ कर्णाली
नेपाल दुर्गम क्षेत्रमा महिला गर्भवती हुदा त स्वास्थ्य सस्थामा जादैनन भन्ने सबैको आकलन छ । तर कालिकोटको गेला गाबिसमा भैसिलाई स्वास्थ्य सस्थामा लिएर सुत्केरी गराईएको छ । सुन्दा अच्चम लाग्न सक्छ तर वास्तबिक कुरा हो । गेला गाबिस वडा नं ६ का नमराज शाहीको भैसिलाई पशुस्वास्थ्य कार्यालय गेलामा लिएर भैसिको पाडो निकालिएको छ । पशु प्राबिधिक तुलाराज सज्यालले भैसिको पाडो निकाल्नु भएको हो । आज दिउसो भैसिलाई ब्यथा लागे पछि कृर्षकले पशुस्वास्थ्य कार्यलयमा लिएका थिए । पशु सम्वन्धीका बिभिन्न रोगले सताउने गेलामा अहिले पशुसेवा कार्यलयको स्थापना भएकाले सहज भएको पशुपालकहरुले वताएको नेमकिपाका जिल्लासदस्य रबिन्द्र शाहीले वताउनु भएको छ ।  

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल