समाचार

कालिकोटलाई सात देखि नौँ गाउ तथा नगरपालिका वनाउन सरोकारवालाहरुको सुझाव ।।

२०७३ साउन २७ पवित्रा कुमारी जैसि
अवको राज्य संरचनामा कालिकोट जिल्लालाई सात देखि ९ गाउ पालीका वनाउन कालिकोट जिल्लाका सबै सरोकारवालाहरुले सुझाव दिएका छन । स्थानिय तह पर्नसंरचना प्राबिधिक सहयोग समितिको कार्यगत तथा कार्यबिधि सम्वन्धी जिल्ला स्तरिय कार्याशाला गोष्टिमा सहभागीहरुले दुई नगरपालिका सहित पाँच गाउपालिका वा त्यो नभएमा हाल रहेका नौ इलाकालाई सदर गदै न्युनतम ९ गाउपालिका वनाउन सुझाव दिएका छन ।  स्थानिय तह पुर्नरसंरचना सहयोग समितिका संयोजक प्रदिपराज अधिकारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर खड्काको प्रमुख आथित्यतामा सम्पन्न कार्याशाला गोष्टिका सहभागीहरुले भोगोल र जनसंख्या दुवैका आधारमा कालिकोट जिल्लामा दुई नगरपालिका र पाँच गाउ पालिका गरि सात देखि ९ सम्म उपयुक्त हुने वताएका छन । स्थानिय निकाय संख्या तथा सिमाना निधारण आयोगले कालिकोट जिल्लालाई पाँच वटा वनाउन सकिने प्राराम्भिक खाका प्रस्तुत गदै छलफल र सुझावका लागी जिल्लामा पठाएपछि संख्याका वारेमा कालिकोटका नागरिकहरुको असहमति रहदै आएको छ । कालिकोट जिल्ला हुदै वग्ने कर्णाली र तिला नदिका कारणले जिल्लालाई तिन खण्डमा बिभाजन गरेका वेला थोरै संख्याले नागरिकहरुको सेवामा पहुँच पुगाउन नसक्ने भएकाले संख्या वढाउन काम गरिएको हो । जिल्लामा सबै क्षेत्रको हितका लागी नौ दुई नगरपालिका र सात गाउपालिका वनाउनु उपयुक्त हुने राष्टिय जनमोर्चाका सल्लाहकार जयकृष्ण सज्यालले वताउनु भयो । एमाले अध्यक्ष नगेन्द्र शाही नेशनलले सर्वदलिय वैठकले गरेको निर्णय कुनै स्वार्थका लागी नभएकाले सात देखि नौँ वनाउने प्रस्ताव कालिकोटका सबै नागरिकहरुको न्यायका लागी प्रस्ताव गरिएको वताउनु भयो । नेपाली काग्रेसका सचिव नन्दवहादुर सिहंले पाँच वन्दा वढाउन सकिने हो भने वढाउन आग्रह गर्नु भयो । यस्तै एमाले सचिव चित्रसिहं गाउलेले गाउ पालिका मात्रै हुने हो भने नौ र नगरपालिका पनि दिने हो भने सात वनाउन सबै पार्टीको सहमति भएको वताउनु भयो । यस्तै सप्रजपाका पुत्रवहादुर मल्ल, राप्रपाका धिरवहादुर शाही लगाएतले पुरानो इतिहासलाई कायम गदै नागरिकहरुलाई उचित न्याय हुने गरि संख्या निधारण गर्नु पर्ने वताउनु भयो । स्थानिय तह पर्नसंरचना प्राबिधिक सहयोग समितिका सदस्य सचिव भोलाप्रसाद चापागाईले केन्द्रमा गठन भएको समिति संग कुरा गरे अनुसार संख्याले फरक नपर्ने सेवा केन्द्रीत वडालाई गर्ने भएकाले सबै सेवा वडावाट प्रभाव हुने हुदा संख्या वढाउनुमा ध्यान नदिन सुझाव आएको वताउनु भयो । समितिका संयोजक तथा स्थानिय बिकास अधिकारी प्रदिपराज अधिकारीले एक हप्ता भित्र संख्या र सिमाना टुग्गो लगाएर निचोडमा पुगिने भएकाले थप छलफलमा सहभागी हुन आग्रह गर्नु भयो । आजको वैठकले दुई बिकल्प अधि सारेको भएपनि निचोडमा भने केही दिन पछि पुगिने वताईएको छ । कालिकोट जिल्लाको २०६८को जनगणना अनुसार एक लाख ३६ हजार ९ सय ४८ जनसंख्यालाई मात्रै आधार मान्ने हो भने नौ गाउ तथा नगरपालिका वनाउदा पनि फरक नपर्ने देखिएको छ । 
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल