समाचार

रुप्सामा अभिमुखिकरण कार्यक्रम सम्पन्न,

२०७३ साउन , ३१ रमेश कुमार वोगटी
नेपाल सरकार र वेलायत सरकार द्धारा सञ्चालित सामुदायीक बिकास कार्यक्रम अन्तरगर्त कालिकोट जिल्लाको रुप्सामा एक दिने अभिमुखिकरण गोष्टि आज सम्पन्न भएको छ । यस कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुका लागी गोष्टिको आयोजना गरिएको हो । अनुगमन तथा सुपरिवेक्षण समितिको गठन प्रक्रियाका वारेमा जानकारी गराउने, समितिको काम कर्तब्य र अधिकार जवादेहीता हुन प्रेरित गर्ने उद्देश्यले गोष्टिको आयोजना गरिएको वताईएको छ । हाल रुप्सा गाबिसमा गाउ स्तरिय सुपरिवेक्षण तथा अनुगमन समिति गठन भएपनि सामाजिक परिचालन निर्देशिका २०७१ अनुरुप नभएकाले यसलाई पर्नगठन गरि निर्देशन अनुसार गठन गर्ने बिषयमा छलफल गरिएको छ । कार्यक्रमको सहजिकरण बिपद जोखिम ब्यवस्थापन तथा शुसाशन अधिकृत खिमबहादुर रेग्मीले गर्नु भएको सुमन कुमार बमले वताउनु भएको छ । यस्तै सामुदायीक विकास कार्यक्रम अन्तरगत गठित कोटवाडा र रुप्साका नागरिक सचेतना केन्द्रके अनुगमन पनि गरिएको वताइएको छ । अनुगमन पत्रकार सुमन वम, अपसरा बिष्टले गर्नु भएको हो ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल