समाचार

जनावरलाई दुःख दिनुहुन्छ रु कारबाहीमा पर्नुहोला १

पिट्न र चर्को घाममा काममा लगाउन नपाइने, हप्तामा एक दिन विदा

२०७३ भाद्र  १ रेडियो नयाँ कर्णाली  ।


तपाईले कुनै जनावरलाई पिट्ने वा कुनै प्रकारको दुर्व्यवहार गरी दुःख दिने गर्नुभएको छ रु यदि गर्नुभएको छ भने आजैबाटै चटक्कै छाडिदिनुस् ।
किनकी सरकारले जनावरहरुलाई दुःख दिन नपाइने र दिएमा कारवाही गर्ने व्यवस्थासहितको कानुन बनाउँदै छ । साथै त्यसको सहज कार्यान्वयनका लागि छुट्टै निर्देशिका पनि बनाइँदै छ ।
पशुपंक्षी विकास मन्त्रालयले मानवअधिकार जस्तै जनावरका लागि पनि पशु कल्याणका मान्यताहरु स्थापित गर्न निर्देशिकाको मस्यौदा तयार पारेको छ । सहसचिव डा। वंशी शर्मा संयोजकत्वको समितिले तयार पारेको निर्देशिकाको मस्यौदामा खासगरी बस्तु ढुवानीमा प्रयोग हुने जनावरहरुलाई कस्तो व्यवहार गर्ने र कस्तो व्यवहार नगर्ने भन्ने विषयहरु उल्लेख छन् ।
हप्तामा एक दिन विदा
निर्देशिकाको मस्यौदामा काममा लगाइने जनावरहरुलाई हरेक दुई(दुई घण्टामा दानापानी र आरामको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यस्तै अपाङ्ग र गर्भिणी जनावरलाई काममा लगाउन पाइने छैन भने यातना दिन पनि बर्जित गरिएको छ ।
यसैगरी जनावरलाई कुटपीट गर्ने र तर्साउन नपाउने निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएको छ ।
अबदेखि गोठालाले लौरो, छडी वा अन्य कुनै पनि औजारले जनावरलाई हिर्काएर पीडा दिनेगरी काममा लगाउन नपाउने प्रस्ताव गरेको छ ।
‘कुनैपनि जनावरलाई ४० डिग्री सेन्टिग्रेडभन्दा गर्मीमा काममा लगाउन पाइने छैन भने बढीमा एकदिनमा ८ घण्टामात्र काममा लगाउन पाइनेछ । काममा लगाउँदा पनि कम्तिमा दुई(दुई घण्टामा आराम गराउनुपर्ने छ,’ भारबाहक पशु कल्याण निर्देशिका मस्यौदा समिति सदस्य एवम् एनिमल नेपालकी अध्यक्ष प्रमदा शाहले भनिन् ।

पशुलाई हप्तामा एक दिन पूरै आराम दिनुपर्ने व्यवस्था पनि मस्यौदामा उल्लेख छ ।गर्मीमा शितलमा राख्ने र जाडोमा चिसो सिरेटोले नहान्ने व्यवस्था मिलाउनुपर्ने छ ।
दानापानी खुवाएको कम्तिमा २० मिनेट आराम गराएपछिमात्रै भारी बोकाएर हिँडाउन वा काममा लगाउनुपर्ने छ ।
यस्तै निर्देशिकाले समय(समयमा जनावरको स्वास्थ्य जाँच गराउनुपर्ने समेत प्रस्ताव गरेको छ । निर्देशिका मन्त्रालयले पठाएपछि मन्त्रिपरिषदले स्वीकृत गरी लागु गर्नेछ ।
अवकाशको समेत व्यवस्था
निर्देशिका मस्यौदामा काममा लगाइने पशुको अवकाशको समेत व्यवस्था गरिएको छ । उमेर वा अन्य कारणले काम गर्न नसक्ने भएपछि पशुलाई काममा लगाउन र बेवारिसे अवस्थामा छाड्न पाइने छैन ।
निर्देशिकाले निवृत्ती जीवन व्यवस्थापनका लागि अर्को छुट्टै निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ ।
उल्लंघन गर्नेलाई मानवअधिकार हनन गरेसरह कारवाही
मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले विश्वमा पशु कल्याणलाई मानव सभ्यतासँग हेर्ने गरिएकाले पशुप्रतिको व्यवहारमा जिम्मेवार हुनुपर्ने बताए ।
निर्देशिकाका मस्यौदामाथि छलफल गर्दै उनले नेपालको मानवसभ्यताका लागि पशुप्रति गर्ने व्यवहारमा सुधार गर्न सरकारको निर्देशनअनुसार निर्देशिका ल्याइएको बताएका छन् ।
उनले जनावरहरुको पनि आत्मा हुन्छ र उनीहरुलाई पनि दुख्छ भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी भएको बताए ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल