समाचार

स्वास्थ्य प्रति चासो वडदै गएको कार्यालयको दावी, सबै भन्दा वढि परिवार नियोजन गर्नेको दर वढि,।।।

रमेश कुमार वोगटी
  २०७३ भाद्र २७ रेडियो नयाँ कर्णाली कालीकोट
कालिकोट जिल्लामा प्रजनन स्वास्थ्य प्रति नागरिकहरुको चासो वड्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यलय कालिकोटले आयोजना गरेको जिल्ला स्तरिय प्रजनन स्वास्थ्य समन्वय समितिको वैठकमा जिल्लाका हरेक गाउमा स्थाई वन्धयाकरण अर्थात भयासेक्टोमी गर्नेहरुको् संख्यामा बृद्धी भएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डाक्टर कौसल अलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लामा महिला र पुरुषहरुमा अस्थाई तथा स्थाई परिवार नियोजनका साधन प्रयोग गर्ने वानीको बिकास भएको वताईएको छ । गुणस्तरिय जिवनका लागी पनि थोरै वच्चा जन्माउने नागरिकहरुमा चेतना बृद्धी हुदै गएको वताईएको छ । नागरिकहरु बिरामी हुदा डाक्टर र बिषेश्ज्ञहरुको सल्लाह लिने चलनको पनि बिकास भएको भेटिएको छ । पहिलेका वर्षमा स्थानिय निजि मेडिकलमा हाईपावरको औषधी सेवन गर्ने र बिराम सन्चो भएको भन्दै आफुलाई परेको असरका वारेमा जानकारी नपाउने नागरिकहरुले क्रमस आज भोली औषधीको प्रयोगले पारेको असरका वारेमा वुझ्दै गएकाले डाक्टरहरुको सल्लाह लिने वानिको बिकास भएको वताईएको छ । कार्यक्रमका सहभागीहरुले निजि मेडिकल सञ्चालनहरुका कारणले जिल्ला अस्पतालमा गएर सरकारी सेवा नलिने गरेकोा भन्ने वारम्वार गुनासो आएकाले यसलाई नियन्त्रण र यसको प्रभावका वारेमा जानकारी दिनका लागी सबैले सहयोग गर्नु पर्ने वताईएको छ । डाक्टर अलीले जिल्लामा ७० प्रकार औषधी रहेको भन्दै औषधीको अभाव हुने अवस्था नरहेकाले गाउमा रहेका स्वास्थय सस्थाले जतिवेला पनि आएर औषधी लिन आग्रह् गर्नु भयो । स्वास्थय सस्था औषधीका कारणले वदनाम हुन नदिन आफु र स्वास्थय ब्यवस्थापन समिति लागी परेको वताउनु भयो । उहाँले अस्पतालवाट प्रवाह हुने सबै स्ेवा सुचारुका लागी अस्पताल बिकास समितिका अध्यक्षको धेरै ठुलो हात रहेको वताउदै  यसलाई थप सहयोग गरिदिन जिल्लाका अन्य सरोकारवालाहरुलाई आग्रह् समेत गर्नु भयो । कार्यक्रममा जिल्लाका राजनितिक दल, पत्रकार, नागरिक समाज र अन्य स्वास्थय सरोकारवालाहरुको सहभागीता रहेको थियो । साथै आजै जिल्ला स्वास्थयले आफ्नो तिन वर्षको वाषिक प्रतिवेदन पनि सार्वजनिक गरेको छ । प्रतिवेदनमा अस्पताल र स्वास्थय सस्थाको बिकास यसवाट प्रवाह भएका सेवा सुबिधा र प्रगतीका वारेमा जानकारी गरिएको छ । प्रतिवेदनमा क्रमिक रुपमा स्वास्थयमा सुधार हुदै आएको वताईएको छ ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल