समाचार

वर्तमान सरकारका कारणले नेपालको राष्ट्यिता कम्जोर भएको् राष्ट्यि जनमोर्चाका महाँसचिव शर्माको भनाई ।।

  २०७३ भाद्र २७ पवित्रा कुमारी जैसि

राष्टिय जामोर्चाका महासचिव जनकराज शर्माले नेपालको इतिहासमा सबै वर्तमान सरकारका कारणले राष्टियता कमजोर भएको वताउनु भएको छ । उहाँले भारतको आश्रीवाद पाउनका लागी देशका प्रधानमन्त्रीले हिजोका दिनमा केही कम्जोरी गरिएको भन्दै भारतको सहयोग आवस्यक रहेको भनेर सबै नेपालीका अगाडी राष्ट्यितालाई कम्जोर गरिरहेको वताउनु भयो । उहाँले रिर्पोटर्स कलव कालिकोटले आयोजना गरेको साक्षत्कार कार्यक्रममा वोल्दै  महासचिव शर्माले भारतिय गुरु योजनाका कारण नेपाल देश जवजस्त संघियतामा गएको भन्दै यसको खारेजी खारेजीका लागी आफुहरुको बिरोध जारी रहेको वताउनु भयो । संघियताकै कारण पहिलो संबिधान सभा असफल भएको भन्दै नेता शर्माले युरोपियन युनियन र भारतले नेपालको प्रर्गती देख्न नचाहेको वताउनु भयो । २६ वर्षमा २३ ओटा सरकार गठन हुनुको पछाडि भारतीय हस्तक्षेप खुला रहेको भन्दै नेता शर्माले ६२ प्रतिसत कम्युनिष्टको वाहुल्यता रहेको नेपाललाई कम्युनिष्ट खतम गर्ने खेल भएको वताउनु भयो । संघिय संरचना अनुसार वनेको संबिधानलाई स्वीकार गर्ने, अनि संघियताको बिरोध किन गर्नु भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले संबिधान बिदेशी शक्तिका कारणले वन्न नसकिरहेको अवस्थामा वनेको छ । यसमा केही वुद्धा मात्र परिवर्तन गर्नु पर्ने भएकाले त्यसमा मात्र बिरोध गरेको वताउनु भयो । उह्ाँले एमाले पार्टी पनि बिदेशीको सल्लाहवाट अछुत्तो नरहेको भन्दै केपि ओली नेतृत्व राष्टवादी देखिएकाले आफुहरुले साथ दिएको वताउनु भयो ।

जसले राष्टको रक्ष ागर्न सक्छ त्यो संग आफुहरुको सहकार्य हुने भन्दै केपि ओलीमा देखिएको क्षमताको आफुहरुले कदर गरेर सरकारमा गएर देशको रक्षा गर्न खोजेपनि त्यसका बिरुद्धमा आफुलाई खरो कम्युनिष्ट ठान्नेहरुले सरकार डालेर भारत संग गला जोडेकाले देश कम्जोर भएको वताउनु भयो । रिर्पोटर्स कलवका अध्यक्ष लंकराज धमालाको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा जिल्लाका केही क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । वर्तमान सरकारको योजनामा प्रति तपाईको वुझाई के भन्ने पत्रकारहरुश्रको प्रश्नमा उहाँले कर्णाली जस्तो श्रोत साधनको धनी क्षेत्रका नागरिकहरुलाई २० केजि चामल दिने जस्ता जनतालाई उपहास गर्ने योजना घोषणा गरेर वतमान सरकारले आफ्नो सत्ता लम्वाउने खेल गरिरहेको वताउनु भयो ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल