समाचार

ओदानकु गाबिसलाई पुर्ण साक्षर तथा बिद्यालय सान्ती क्षेत्र गाबिस घोषणा गरियो । सत प्रतिसत साक्षरता भएको जानकारी ।।

२०७३ असोज ५ रेडियो नयाँ कर्णाली ।
कालिकोट जिल्लको ओदानकु गाबिसलाई आज पुर्ण साक्षर,आधारभुत शिक्षा लागु, सतप्रतिसत बिद्यालय भर्ना र पुर्ण जन्मदर्ता तथा बिद्यालय सान्ती क्षेत्र भएको गाबिस घोषणा गरिएको छ । गाउ शिक्षा समितिका अध्यक्ष तथा गाबिस सचिव नन्दप्रसाद देवकोटाको अधयक्षतामा आयोजित कार्यक्रममा गाबिसलाई पुर्ण साक्षर तथा सतप्रतिसत साक्षरता भएको गाबिस घोषणा गरिएको हो । गाबिसमा रहेका सबै वालवालिका र त्यहाँका नागरिकहरु आफ्नो नाम लेख्न र हस्ताक्षर गर्न सफल भएकाले गाबिसलाई पुर्ण साक्षर गाबिस घोषणा गरिएको गाउ शिक्षा समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । वाजागाजका साथ आएको अबिभावकहरुको र्यालीले कार्यक्रममा उत्साह दिएको थियो । जिल्ला बिकास समितिका सुचना अधिकारी प्रवलजंग शाहीको प्रमुख आथित्यतामा घोषणा गरिएको ओदानकु गाबिसलाई शैक्षिक क्षेत्रको कुनै पनि अभाव हुन नदिने सहभागीहरुले वताएका छन । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य खेमवहादुर सिहं एमाले कालिकोटका सचिव चित्रसिहं गाउले जिल्ला शिक्षा कार्यालय बिद्यालय निरिक्षक अजुर्न वहादुर शाही लगाएतका अतिथिहरुले गाबिसको शैक्षिक सुधार र साक्षरता वढाउन लागी पर्ने वताएका छन । अतिथि द्धोय सिह ओदानकु गाबिसका वासिन्दा पनि हुनुहुन्छ । गाउ शिक्षा समितिको आयोजना, सेभ्दचिल्ड्ेनको सहयोग तथा किर्डाक नेपाल कालिकोटको सहजिकरणमा ओदानकु गाबिसका सबै वालवालिका बिद्यालय हातामा रहेको प्रतिवेदन वाहिर आएपछि गाबिसलाई साक्षर, सतप्रतिसत, बिद्यालय भर्ना र जन्मदर्ता भएको गाबिस घोषणा गरिएको हो । अव देखि ओदानकुका कुनै पनि बिद्यालयमा राजनितिक दलका कार्यक्रम र अन्य दवाफ मुलक भेलाहरु नहुने भएका छन । अर्थात बिद्यालयलाई असान्ती गर्ने खालका गतिबिधिहरु नहुने त्यहाँका राजनितिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता गरेकाले बिद्यालय सान्ती क्षेत्र घोषणा गरिएको हो ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल