समाचार

हुलाकीको तलव २५ प्रतिशत बढ्यो

रमेश कुमार वोगटी
२०७३ असोज, ६  रेडियो नयाँ कर्णाली
सरकारले हुलाकी ९हल्कारा०हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ ।विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी ९हुलाकी०को तलव निजामती कर्मचारी सरह २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेको हो ।सरकारले नयाँ आर्थिक वर्षको बजेटमा निजामती कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो तर, यो हुलाकीहरुको हकमा भने लागू भएको थिएन ।यसअघि ४८ सय तलब बुझ्दै आएका हुलाकीहरु अब भने ६ हजार रुपैयाँ पाउनेछन् ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल