समाचार

मध्यरातमा रेडियो धादिङ र सुरक्षित आवास गृहमा आक्रमण

 

नवराज छत्कुली धादिङ असोज गते

जिल्ला वन कार्यालय धादिङले मध्यरातमा रेडियो धादिङ १०६ मेगाहर्जको भवनमा डोजर लगाएको छ । जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरी टोलीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई दुव्र्यवहार गर्दै रेडियोमाथि आक्रमण गरेको हो ।

राती ४ बजे ठूलो संख्यामा प्रहरीसहित दुईवटा डोजर लिई पुगेका थिए । जिल्ला वन प्रमुख पौडेल शसस्त्र वन रक्षक सहित रेडियोभित्र प्रवेश गरी रेडियोकर्मीहरुलाई सुतिरहेको रेडियोकर्मीहरुलाई कपडा समेत लगाउन नदिई लछारपछार गर्दै बाहिर निकालेर रेडियोमा तोडफोड गर्न सुरु गरेका हुन् ।रेडियो भित्र प्रवेश गरेका पौडेल आफैँले रेडियोकर्मीहरुलाई धम्की दिँदै पत्रकारहरु शंकर श्रेष्ठ, खेमबहादुर चेपाङ, सौगात लम्साल र प्राविधिक रोमबहादुर श्रेष्ठलाई दुरव्यवहार समेत गरेका थिए । त्यसैगरी समाचार संकलनमा गएका पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, पत्रकार सीताराम अधिकारी, सरिता श्रेष्ठ, अर्जुन श्रेष्ठलाई गेटमा नै सशस्त्र प्रहरीले दुव्यवहार गरी हातपात समेत गरेका थिए ।त्यसैगरी रेडियोमाथि भएको आक्रमणको निरीक्षण गर्न पुगेको गैह्रसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालमाथि पनि हातपात भएको छ । रेडियोका सम्पूर्ण उपकरण ध्वस्त बनाएका छन् । रेडियोको स्टुडियो, मिक्स्चर, कम्प्युटरहरु सबै फुटाइदिएका छन् भने कागजपत्र च्यातेका छन् । रेडियो स्टेशनका अनुसार १ करोड बराबरको क्षति भएको छ । सँगै हिंसा पीडित महिलाहरु बस्दै आएको सुरक्षित आवास गृहको भवन पनि भत्काएको छ । भित्र सुतिरहेका महिला तथा बालबालिकाहरुलाई एक्कासि भित्र प्रवेश गरेका वन रक्षक र प्रहरीहरुले दुव्यवहार गरी बाहिर निकालेर भवनमा डोजर चलाएको हो ।

भवन भत्काएपछि हिंसामा परेर न्याय माग्न आइपुगेका सुत्केरी महिला सहित पीडित महिलाहरुको विच्चली भएको छ । घटनाको चौतर्फी निन्दा भएको छ । 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल