समाचार

किर्डाक नेपालको १७ औं बार्षिक साधारण सभा सम्पन्न ।।

२०७३ असोज १८ रेडियो नयाँ कणाली


कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालको १७ औं वार्षिक साधारण सभा विरेन्द्र नगर सुर्खेतमा आज सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष रनलाल कुलालको अध्यक्षता, जिल्ला विकास समितिको कार्यालय सुर्खेतका स्थानिय विकास अधिकारी हिरालाल रेग्मिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एसएनभि नेपालका लेक विक्रम शाही, गैसस महाँसंघ सुर्खेतका अध्यक्ष हरि अधिकारी, महाँसंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारति गाविस सचिब हकहित संरक्षण केन्द्रका कार्यवाहक अध्यक्ष नारायण गिरि, किर्डाक नेपालका निबर्तमान अध्यक्ष डा. कुसेन्द्र महत, किडार्कका वरिष्ट सदस्य डा. धनबहादुर शाही, कार्यकारी निर्देशक मिनबहादुर शाही लगाएतका अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्ने क्रममा एस.एन. भि नेपालका लेक विक्रम शाहीले किर्डाक नेपालको स्थापना काल देखि साथमै रहेकोले हाल सम्म सामाजिक न्यायको रुपमा किर्डाक नेपालले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउदै ,विकासको दृष्टिकोणले पछाडि पारिएको कर्णालीलाई अगाडि ल्याउन जन्मिएको सँस्था भएकाले ६ नम्वर प्रदेशको विकासमा अगामि दिनमा निरन्तर लाग्न आग्रह सहितको शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रममा  गैरसरकारि सँस्था महाँसंघ सुर्खेत जिल्लाका अध्यक्ष हरि अधिकारीले, हामी गैरसरकारी सँस्था राज्यका विकल्प होइनौ राज्यका सहयोगि हौं भन्दै गैरसरकारी सँस्थाले हरियो डलरको खेति गछर्न भन्ने कतिपयको आरोप मिथ्या मात्र भएको स्पष्ट पार्नु भयो । १७ औ बार्षिक साधारण सभाबाट महत्पूर्ण ऐतिहाँसिक निर्णय गर्ने आफुले आशा लियको बताउनु भयो । कार्यक्रमको अन्तमा सँस्थाका कार्यकारि निर्देशक मिनबहादुर शाहीले सरकारले गैरसरकारी सँस्था दर्ताको क्रममा इजाजत पत्र मात्र दिने भन्दा पनि सँस्थाका काम कार्यलाई अनुगमन सर्वेक्षण गर्ने काम निरन्तर गर्नु पर्ने र नागरिकहरुलाई जागरुप बनाउदै विकासका मुल प्रवाहिकरणमा नागरिक संगठन गैरसरकारी सँस्थाहरुलाई लगाउनु पर्ने बताउनु भयो । सँस्थामा हाल १८६ जना कर्मचारी रहेका छन । किर्डाक नेपालले विगत १६ बर्ष देखि मानवअधिकार, गुणस्तरिय शिक्षा, बालसंरक्षण, खानेपानी तथा सरसफाई, विपद जोखिम न्यूनिकरण तथा जलवायू परिवर्तन, खाध्यसुरक्षा, सञ्चार लगाएतका क्षेत्रमा क्रियाशिल छ ।  सम्पन्न साधारण सभाबाट आर्थिक प्रतिवेदन, प्रगतिप्रतिवेदन पास गर्दै आगामि बर्ष ०७४÷०७५ का लागि अनुमानित ३४ करोड बजेटमा देशका ९ वटा जिल्लामा किर्डाकले काम गर्ने साधारण सभाले निर्णय गरेको छ ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल