समाचार

पुरानो तरिकाले क्रान्ति हुन नसक्ने नेता विसिको भनाई, भष्टाचारीहरु माथि आफ्नो पार्टीको निसाना जारी रहेको जानकारी ।

२०७३ असोज १८ रेडियो नयाँ कणाली
नेकपा माओबादीका केन्द्रिय सदस्य एटम विसिले दलाल र भष्टाचारीलाई आफुहरुले कुनै वेला पनि माफि नदिने वताउनु भएको छ । देशलाई कंगाल वनाउने, बिकासे वजेटमा लुट मचाउनेहरुको आफ्नो पार्टीले अनुसन्धान गरिरहेको वताउदै नेता बिसिले भष्टाचारको जालोमा आफ्नो भबिश्य देख्नेहरुलाई कार्वाहीको दायरामा ल्याउने वताउनु भयो । पार्टीको ११ औँ केन्द्रिय समितिले गरेका निर्णय र जिल्ला समितिले गरेका निर्णयका वारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा भेरीकर्णाली ब्युरो इन्चार्ज समेत रहनु भएका नेता विसिले नवनियुक्त सरकारका प्रमुख प्रचण्डले नेपालको राष्टियतालाई धरापमा पारेर भारतलाई सहयोग गर्ने दिएको वचन नेपाल देश र यहाँका नागरिकहरुको वरखिलापमा रहेको वताउनु भयो । उहाँले सामा्रज्यवादीहरुको निरंकुश कदमका कारण तेस्रो बिश्व युद्धको खतरा वढेको वेला देशको रक्षा गर्नका लागी आफुहरु लागिरहेको वताउनु भयो । भारत र पाकिस्तान बिचको बिवाद र अमेरीका लगाएतका शक्तिशाली राष्टले देखाउने चरित्रले बिश्व युद्ध धेरै टाडा नभएको आफ्नो केन्द्रिय समितिको वैठकले निष्कर्ष निकालेको वताउनु भयो । देशमा वढिरहेको भष्टाचारले जतिवेला पनि बिद्रोह हुन सक्ने भन्दै त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने नेता विसिले ठोकुवा गर्नु भयो । पार्टी केन्द्रले देशमा मौलाएको बिभिन्न बिकृतीको अन्तेका लागी कार्तिक २८ गते नेपाल वन्दको कार्यक्रम रहेको पनि जानकारी गरिएको छ । आफ्नो छुटै सरकार भएको दावी गरिरहेको माओबादीलाई पत्रकारहरुले तपाईको सत्ता सञ्चालनको बिधि के रणनिति के भन्ने प्रश्न गरेपछि पत्रकारको जवाफ दिदै नेता बिसिले आफुहरुको संरचना पुरै तयार रहेको र आवस्यक परे राज्य सत्ताको रवैया हेरेर अगाडी वढ्ने वताउनु भयो । उहाँले शहर देखि गाउ सम्म एकै पटक आन्दोलनमा ल्याउने आफ्नो रणनिति रहेको पनि जानकारी गर्नु भयो । पार्टीको ८ औँ राष्टिय महादिवेशनका लागी कालिकोट जिल्ला कमिटिको बिगठन गरेर लोकजंग शाहीको संयोजकत्वमा ५५ सदस्यि जिल्ला सम्मेलन आयोजक समितिको गठन गरिएको पनि जानकारी गरिएको छ । जिल्ला सम्मेलन सफल पार्नका लागी कार्तिक महिना भित्र सदस्यता नविकरण गर्ने, मंसिरमा गाउ भेला गर्ने, पौषको ५ देखि ७ गते सम्म तेस्रो जिल्ला सम्मेलन गर्ने वैठकले निर्णय गरेको जानकारी गरिएको छ । त्यस बिचमा बिभिन्न जनवर्गिय संगठनका सम्मेलनहरु पनि सम्पन्न गर्ने निर्णय गरेको संयोजक लोकजंग शाहीले वताउनु भयो ।  पत्रकार सम्मेलनमा नेता कणवहादुर भण्डारी, जनसरकार प्रमुख मनिलाल एैडिको पनि सहभागीता रहेको थियो ।  
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल