समाचार

नेपाल भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको राजधानी दिल्लीमा सुरु हुने

२०७३ असोज १८ रेडियो नयाँ कणाली
नेपाल भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको राजधानी दिल्लीमा सुरु हुने भएको छ । आजदेखि सुरु हुने प्रबुद्ध समूहको बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल संशोधन एवं पुनरावलोकन गर्ने विषयलाई पहिलो प्राथमिकता बनाउने भएको छ । सन्धिलगायत सबै दुईपक्षीय सन्धि एवं सम्झौता पुनरावलोकनका लागि बनेको प्रवुद्ध समूहको दोस्रो बैठक दिल्लीमा हुन लागेको हो । यसअघि भएको पहिलो परिचयात्मक बैठक नेपालमा भएको थियो । त्यो बैठकमा दुई पक्षबीच राजनीतिक विषय, दुई सरकारबीचको सम्बन्ध, आर्थिक–व्यापार, सांस्कृतिक तथा कनेक्टिभिटी र पारवहनको विषयमा सदस्यबीच काम बाँडफाँड गरेर अगाडि बढ्ने सहमति भइसकेको छ । आज दुई देशका विज्ञबाट केही कार्यपत्र पेश गरेर त्यसमाथि छलफल हुनेछ । आजको दोस्रो बैठकबाट दुवै पक्ष एजेन्डामा प्रवेश गर्ने तयारीमा छन् । हतियार खरिद, गोरखा भर्तीका विषयमा पनि एजेण्डा अघि सारिएको छ ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल