समाचार

माघ, ४ जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको प्रमुख यादवको भनाइ ।।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा प्रमुख यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिएमा जेठमा निर्वाचन गर्न समस्या नहुने बताउनु भएको हो । प्रमुख आयुक्त डा यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भन्ने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो । निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको उहाँको भनाइ छ । आयोगका प्रमुख यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको उल्लेख गर्दै चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको पनि यादवले स्पष्ट गर्नुभयो ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल