समाचार

बेली ब्रिज पुल जिर्ण बन्दै ,

भरतराज विष्ट
रेडियो नयाँ कर्णाली,कालीकोट 
१८ श्रावण २०७५

कालिकोटको खाडाचक्र नगरपालिका स्थित कर्णाली राजमार्गमा पर्ने तिला नदीको वेलिब्रिज पुल जिर्ण वन्दै गएको छ । तिला नदी पारका लागि निर्माण भएको पुल जिर्ण वन्दै गएपछि यहाँका नागरिकहरु चिन्तामा परेका छन ।  कर्णाली राजमार्गवाट आउने वर्षाको ढलसंगै वगेकोे माटो पुलमा थुर्पिन थालेपछि पुल जोखिममा परेको हो । २०६१ सालमा सुर्खेत जुम्ला सडकखण्डको ठेक्का आवाहान भएसंगै नेपाली सेनाले सडक निमार्णको जिम्मा पाएको थियो । नेपाली सेनाले २०६३ सालमा ३६ घण्टामा निमार्ण कार्य सकेको पुल दिन प्रतिदिनि जिर्ण वन्दै गएको छ । राजमार्गको १ किलोमिटर टाढावाट आएको ढलसंगैको माटोले ४१ मिटर लम्वाई रहेको पुलमा थ्रिक्रिएको माटोले फलामे पुलका सबै पाटपुर्जा खियाले खाएपछि पुल जोखिम वनेको इन्जिनियर चक्रवहादुर शाहीले वताउनुभयो । पुलमुनिका फलामे डण्ंडिहरु खियाले खाएपछि पुलले अस्वभाविक आवाज दिन थालिसकेको छ । माटो थेग्रीने गएपछि पुलको क्षमतामा पनि निकै असर परेको छ ।  

नगरपालिकाले महिनाको एक चोटि माटो हटाउने गरे पनि फलामे डंडिहरु खियाले खाएका कारणले पुल जोखिम अवस्थामा रहेको उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष सुर्यवहादुर शाहीले वताउनुभयो । स्थानिय तहको निर्वाचन्ताका वेला प्रत्यासि मध्यका जसि प्रसाद पाण्डेले आफनो निर्वाचन घोषण पत्रमा सेरीघाटकोे पुललाई निर्माण गर्ने पहिलो आफ्नो पहिलो योजना हुने उल्लेख गर्नु भएको थियो ।  पाण्डे पछि निर्वाचित भएर खाँडाचक्र नगरपालिकाको प्रमुख समेत हुनुहुन्छ । उहाँले नयाँ पुल निमार्ण गर्ने योजना वनाउन नसकेपनि पुलको सरसफाई भने गरिरहनु भएको छ । जिर्ण वनेको पुलवाट दिनहु १ सय देखि १ सय ५० सम्मका सवारी साधन चलिरहेका छन । पुलनिर्माण गरेको १४ वर्ष बित्दै गर्दा जिर्ण बन्नु ढलको राम्रो ब्यवस्थापन नहुनु रहेको स्थानिय स्थानिय देखि प्राबिधिकहरुले वताउने गरेका छन । तर पुल पर्नर निमार्णका बिषयमा कसैले पनि चासो दिएका छैनन । समयमा पुलको मर्मत वा पुर्ननिमाणमा ध्यान नदिने हो भने कुनै न कुनै दिन पुल भत्कीने सम्भावन निकै वढेको छ । यातायातका साधानहरु आउजाउ गर्दा पुल पुरै मच्चीने गरेकाले कुन दिन पुल भत्कीएर ठुलो क्षती हुन्छ त्यो सबैका लागि चिन्ताको बिषय छ । 

Download Pdf

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल