समाचार

कालिकोटमा सम्बन्धविच्छेदका लागि उजुरी बढ्दै

प्रेमराज सिमखाडा श्रावण १८  रेडियाे नयाँ कर्णाली कालीकाेट

कालिकोट । कालिकोट जिल्लामा सबैभन्दा बढी सम्वन्धबिच्छेदका मुद्दा आउने गरेको पाइएको छ ।  जिल्ला अदालत कालिकोटको वार्षिक मुद्दा फस्र्यौट तालिकामा सबैभन्दा बढी सम्वन्ध बिच्छेदका मुद्दा भएको पाइएको हो । आर्थिक वर्ष २०७४/०७५ मा फैसला भएका ९६ मुद्दामा २२ वटा मुद्दा सम्वन्धबिच्छेदका रहेका छन् । अदालतमा अघिल्लो वर्षको जिम्मेवारी सरी आएका ६२ मुद्दा र नयाँ दर्ता भएका १ सय ९ गरी १ सय ७१ मुद्दामा ९६ वटा  फर्स्योट भएको अदालतका श्रेस्तेदार शोभाकर खरेलले वताउनुभयो । नयाँ र पुराना गरी ७५ वटा मुद्दा फैसला हुन वाँकी रहेका छन् । सानै उमेरमा विवाह गर्ने र पछि घर परिवारसँगै  आपसमा विवाद हुँदा अलग बस्नका लागि अदालतमा सम्वन्धबिच्छेदको निवेदन दिने घटना वढेको श्रेस्तेदार खरेलको भनाइ छ । जिल्ला अदालत कालिकोटले अघिल्लो वर्षका मौजदात रहेका ६२ थान मुद्दाबाट ५१ थान फर्स्योट गरेको छ भने ११ वटा अझैँ बाँकी छन् ।

 

नयाँ दर्ता भएका १ सय ९ मुद्दामा ४५ फर्स्योट भएको र अझैँ ६४ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ । यतिमा सम्वन्ध बिच्छेदका मात्रै ४० वटा मुद्दा दर्ता भएका थिए । ४० मध्ये २२ वटा मुद्दा आर्थिक वर्ष २०७४÷०७५ मा फैसला भएका छन भने १८ मुद्दा फैसला हुन बाँकी रहेका छन् ।  आर्थिक वर्ष २०७४÷०७५ मा फैसला भएका ९६ मुद्दामध्ये २२ वटा सम्वन्ध बिच्छेदका रहेका छन् भने लेनदेनका १२ मुद्दा फस्र्यौट भएका छन् । जिल्ला अदालत कालिकोटले ९६ वटा मुद्दा फैसला गरी ६४ लाख जरिवाना असुल गरेको छ । पुराना जिम्मेवारी सरेर आएको एक करोड पाँच लाखभन्दा धेरै रकम र  नयाँ ३५ लाखभन्दा धेरै गरी जम्मा १ करोड ४० लाखभन्दा धेरैबाट ६४ लाख ८२ हजारभन्दा धेरै रुपैयाँ जरिवाना असुल गरेको हो । 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल