समाचार

हराएको १० दिन भईसक्दा पनि भेटिएनन वालक, परिवार चिन्तामा ।।

भरतराज बिष्ट श्रावण १८ रेडियो नयाँ कर्णाली कालीकोट 
कालिकोट जिल्ला घर भएका सुर्खेतमा अध्यान गरिरहेका एक १४ वर्षिय वालक हराएको १० दिन बिति सक्दा पनि कुनै खवर नआउदा घरपरिवार चिन्तामा परेका छन । सुर्खेतको वुलवुले एकेडेमि वोर्डिगंमा कक्षा १० मा अध्यानरत सान्नी त्रिवेणी गाउपालिका वडा नं १ लुसाका तिलक सुवेदी हराएको १० दिन बिति सक्दा पनि कुनै ठाउमा खवर नहुदा घरपरिवार निकै पिडामा परेका छन । प्रहरी देखि सबै निकायमा खवर गर्दा पनि कुनै ठाउमा आफ्नो छोराको खवर नपाउदा तिलककी आमा दुर्गा जैसि बिछिप्त बन्नु भएको छ । लुसाका धर्मराज जैसिका छोरा तिलक सुर्खेतमा वसेर अध्यान गरिरहेका थिए । दिनमा स्कल जान्छु भनेर कोठा वाट गएका वालक सुवेदी कहा गए वा कसैले अपहरण गर्यो त्यसको कुनै पनि अत्तोपत्तो नभएकाले आफुहरु सारै पिडामा रहेको वालकका काका कर्ण सुवेदीले वताउनु भएको छ ।
 
 
 उहाँले कसैले कतै भेटेमा खवर गरिदिन अनुरोध समेत गर्नु भएको छ । उहाँले प्रहरीलाई उजुरी दिएको र कल डिटेलका लागि पनि निवेदन दिएको भएपनि सरकारी सुरक्षा निकायले पनि गम्वीरताका साथ नलिएको गुनासो गर्नु भयो । वालकको फेसवुक आइडी चलिरहेको भएपनि यता वाट सोधिएको कुनै कुराको प्रतिक्रिया नआउने गरेको वताउनुभयो । पाउनु हुने वा भेटाउनु हुने महानुभावहरुले नजिकको प्रहरि कार्यालय वा टेलिफोन नम्वर ०८७४४०१८० मा फोन गरि सम्पर्क गर्न समेत परिवारले अनुरोध गरेका छन् । हरायका तिलक जैसि बर्णले गँहु गोरो जिनको पइन्ट कालो टिसट  लगाएको लम्वाई जम्मा पाँच फिट रहेको परिवार श्रोतले खुलाएको छ । सुर्खेत एरिचोकको नजिकै कोठा भाडामा लियर बस्दै आएका थिए  । हराएका बालक तिलक जैसि बस्दै आएको कोठामा उनको दिदि पाँच जना भान्जा भान्जी  र दिदिकि शासु बस्दै आएको तिलकका अंकल जैसिले बताउनु भयो । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल