समाचार

इन्धन सम्झौताको अध्यन गर्न सरकारी टोली चीन जादै ।।



चीनबाट इन्धन ल्याउने विषयमा अध्यन गर्न सरकारी टोली आज चीन जाने भएको छ । सम्झौता अघि अध्यन गर्न आज टोली पठाउन लागिएको हो । आयातको बाटो खुले पनि आपूर्तिमा अझै चुनौती छन् । तेल ल्याउन सहज–असहज पक्षबारे अध्ययन गर्न नेपाल आयल निगमको दुई सदस्यीय प्राविधिक टोली चीन पठाउन लागेको आपूर्तिमन्त्री गणेशमान पुनले सीआइएनलाई जानकारी दिनुभयो । चीनले नेपाललाई बेच्ने इन्धनमा कर छुट दिन नमानेपछि व्यापारिक सम्झौता गर्न ढिलाइ भएको छ । शुक्रबार नै तेल खरिदको व्यापारिक सम्झौता गर्न नेपाली टोली चीन जाने तयारी भए पनि करको विषय नमिलेपछि टोली रोकिएको छ ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल