समाचार

इरानसँगको कूटनीतिक सम्वन्ध तोड्ने साउदी अरबको घोषणा

 

साउदी अरबले इरानसँगको कूटनीतिक सम्वन्ध तोडेको घोषणा गरेको छ । उसले ४८ घन्टाभित्र देश छाड्न इरानका कूटनीतिज्ञहरुलाई भनेको छ ।

साउदीमा शिया धर्मगुरु निम्र अल निम्रलाई मृत्युदण्डको सजाय दिएपछि दुई देशको सम्वन्ध तनावपूर्ण छ ।

निम्रलाई मृत्युदण्ड दिएपछि इरानले ठूलो मूल्य चुकाउनु पर्ने प्रतिक्रिया दिएको छ । धार्मिक नेता अयातुल्ला अली खामेनीले साउदी अरबले ‘दैवीय प्रतिशोध’ को समना गर्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

साथै प्रदर्शनकारीहरुले तेहरानमा रहेको साउदी अरबको दूताबासमा प्रवेश गरेर आगजनी गरेका छन् । उनीहरुले साउदीको दूताबास रहेको सडकको नाम समते अल निम्र राखेका छन् ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल