समाचार

भ्यालेन्सियाले रियल मड्रिडलाई बराबरीमा रोक्यो

 

 
२० पुस, काठमाडौं । दुई पटक लिएको अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियासँग बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित रियल मड्रिडले भ्यालेन्सियासँग २-२ गोलको बराबरी खेलेको छ । कोभाकिकले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिम २२ मिनेट १० खेलाडीमा सिमित भएको थियो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रियल मडि्रडले १६ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिमतिर घरेलु टोलीले पेनाल्टी पायो र पारेजोले बराबरी गोल गरे ।

६८ औं मिनेटमा कोभाकिकले रातो कार्ड पाए । ८२ औं मिनेटमा ग्यारेथ बलले गोल गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । तर यो एक मिनेट भन्दा टिक्न सकेन ।

पाको अकेसरले घरेलु टोलीका लागि गोल गरे । इन्जुरी टाइममा नेग्रडोले गोल गर्ने राम्रो मौका पाएका थिए । उनको प्रहार रियल मड्रिडका गोलरक्षक नाभासले असफल पारेका छन् ।

बराबरीपछि रियल मड्रिडले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गर्ने मौका गुमाएको छ । रियलको १८ खेलबाट ३७ अंक भएको छ भने बार्सिलोनाको ३९ अंक छ र उसले एक खेल कम खेलेको छ । लिग लिडर एथ्लेटिको मडि्रडको १८ खेलबाट ४१ अंक छ ।

 

 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल